महिला सञ्जालद्धारा प्रचण्डलाई ध्यानाकर्षणपत्र


प्रकाशित मिति :2017-06-15 17:12:58

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास लाजिम्पाटमा ध्यानाकर्षणपत्र बुझाउदै सञ्जालका पदाधिकारीहरू ।

महिला खबर

काठमाडौँ । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार ५० प्रतिशत सुनिश्चित गर्न माग गर्दै अन्तर पार्टी महिला सञ्जालले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

सञ्जालले नगरपालिकाको प्रमुख, गाउँ“पालिकाको अध्यक्ष्ँ र वडा अध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अवस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उमेद्वारी दिन सकिने व्यवस्था गर्न, न्यायीक समितिमा व्यवस्था भएको तीन जना सदस्य मध्ये एक जना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउन माग गर्दै प्रचण्ड निवास लाजिम्पाट पुगेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

यसै गरी, वर्तमान सरकारमा पार्टीबाट सहभागी हुँदा संविधानको भावना र मर्म बमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता र संवैधानिक आयोगहरु, कुटनैतिक निकायहरू र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ । सञ्जालले सबै दलका प्रमुखहरुलाई दबाब स्वरूप ध्यानाकर्षण पत्र पठाएको सञ्जालकी महासचिव यशोदा सुवेदीले बताउनभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: