सरकारी जागिर छाडेर प्रमुख पदमा उम्मेदवारी


प्रकाशित मिति :2017-06-16 14:03:07

खेमा बस्नेत

काठमाडौं । सरकारी जागिर छाडेर कम उमेरमै उम्मेदवारी दिनेमा पर्छिन् बाजुराकी गिता रावल । उमेरले उनी अहिले २२ वर्षमा लागिन् । उमेर कम भएपनि बडिमालिका नगरपालिकाकालाई राम्रो बनाउने उनीसंग ठूला ठुला सपना छन् ।

दोस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनमा गिता एमालेबाट बढीमालिका नगरपालिको उपमेयरकी उम्मेदवार हुन् । उनी मालिका माध्यमिक विद्यालय मार्तडीमा शिक्षिका थिईन् । पार्टीले उपमेयरको टिकट दिएपछि उनले शिक्षिका पदबाट राजीनामा दिएको बताउछिन् ।

‘रोजगार मैले आफ्नो परिवार र आफनो भविष्य सुरक्षित गर्ने खाएको हो, तर मैले आफ्नो र परिवारको भविष्य मात्र सुरक्षित गर्नु छैन, मेरो नगरका सबैको सुरक्षित भविष्य बनाउन मैले जागिर छाडेर उपमेयरमा उम्मेदवारी दिएकी हु’ गीताले भनिन् ।

लामो समयदेखि रिक्तता छाएको स्थानीय तहमा जनप्रतिनिधि स्थापित गर्ने मौका भएकाले पनि गीता जस्तै धेरै महिलाहरु अहिले सरकारी जागिर छाडेर राजनितिमा होमिएका हुन् ।

२४ वर्षकी सृष्टी रेग्मी जिल्ला प्राविधिक कार्यालय जिविसमा इन्जिनियर पदमा काम गर्ने लागेको ३ महिना भएको थियो । आफु जन्मेदेखी बाजुराले आधारभुत कुराको लागि पनि धेरै सघर्ष गरेको उनले सानैदेखी भोग्दै, देख्दै आएकी थिइन् । त्यसैले आफु नियर्ण तह र योजना बनाउने स्थानमा पुगेमा बाजुराको लागि धेरै गर्ने सक्छु भन्ने लागेर जागिर छाडेर एमालेबाट बुढीनन्दा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएको रेग्मीले बताइन् ।

‘बाजुराले आधारभुत कुराका लागि पनि धेरै सघर्ष गर्नुपरेको भोग्दै र देख्दै आएकी छु, म नियर्ण तहमा पुगे भने बाजुराका लागि प्रभावकारी योजना बनाउनेछु ’ रेग्मीले भनिन् ।

कागं्रेसबाट बुढीनन्दा नगरपालिकाको उपमेयरका उम्मेदवार बनेकी रितादेवी सिंह सत्य माध्यमिक विद्यालयमा शिक्षिकाको रुपमा काम गरेको २१ वर्षको अनुभव छ । तर समाज परिवर्तन गर्ने राजनैतिक नै उपयुक्त लागेपछि उनले शिक्षिका पदबाट राजीनाम दिएर उपमेयरको उम्मेदवार बनेकी छन् ।

‘शिक्षिकाको रुपमा काम गर्दा पनि मैले समाजसंग नजिक भएर काम गरेकी छु तर समाज परिवर्तन गर्ने शिक्षाले मात्र पुग्दो रहिन छ,त्यसका लागि नीति,योजना आर्थिक चाहिदो रहिछ । त्यसका लागि नीति निमार्ण तहमा पुग्न आवश्यक ठानेर मैले उम्मेदवारी दिएकी हु’ रिताले भनिन् ।

बाजुरामा स्वास्थ्य संस्थाको कमी, खानेपानी, घरेलु हिंसाबाट महिला धेरै पीडित छन् र बाजुराबासीका हरेक आवश्यता पुरा गर्ने आफ्नो उम्मेदवारी दिएको रिताले बताईन् ।

काँग्रेसको तर्फबाट तारा खातीले बुढीगंगा नगरपालिकाको उपमेयरको उम्मेदवारी दिएकी छन् । उनी चैतेपिपल सूर्यदय निम्न माध्यमिक विद्यालयमा शिक्षिका भएको २३ वर्ष भयो । बाजुरामा महिलाले भोग्दै आएका हिंसा कम गर्न शिक्षिका पेशावाट राजीनामा दिएर उपमेयरमा उम्मेदवारी दिएको उनले बताइन् ।
‘बाजुराका महिलाका हकअधिकार सुशिचिश्त गर्नुछ, छाउपडि प्रथालाई हटाएर घरमै बस्ने वातावरणको सिर्जना हुर्नुछ, बाजुराका हरेक नागरीकले पढ्न पाउनुपर्दछ र रोजगारमुलक कार्यक्रम ल्याउनपर्दछ तब बाजुराको विकास हुन्छ । बाजुराको विकास गर्ने मेरो उम्मेदवारी हो ।’ रिताले भनिन् ।

त्यसैगरी छेडेदह गाउँपालिकाको उपाध्यक्षमा पवित्रा शाहीले एमालेबाट उम्मेदवारी दिएकी छन् । उनले सि अनमी पदबाट राजिना दिएपछि उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: