प्रजनन स्वास्थ्य विधेयकमाथि छलफल


प्रकाशित मिति :2017-06-16 17:00:17

महिला खबर

काठमाडा । राजधानीमा शुक्रबार प्रजनन स्वास्थ्य सम्बन्धी विधेयकमाथि छलफल भएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समिति, व्यवस्थापिका संसद समितिका पदाधिकारी, संचारकर्मी र सरोकारवालाहरुबीच सो विधेयक संसदमा दर्ता हुनु अगाडि छलफल गरिएको हो ।

उक्त समितिका सभापति रञ्जु झाको अध्यक्षतामा आयोजित कार्यक्रममा डा.दीपेन्द्ररमण सिंहले नेपालको संविधानको धारा ३८(२)ले महिलाको प्रजनन् स्वास्थ्य अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको र धारा ४७ ले मौलिक हकको कार्यान्वयनका लागि राज्यले संविधान प्रारम्भ भएको मितिले तीन वर्षभित्र कानुनी व्यवस्था निर्माण गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पनि स्वास्थ्य ऐन बनाई संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्नु अत्यावश्यक रहेको बताउनुभयो ।

परिवार स्वास्थ्य महाशाखा स्वास्थ्य सेवा विभाग प्रमुख डा. नरेशप्रताप केसीले प्रजनन स्वास्थ्यबारे विधेयकमा समेटिएका विविध पक्षको बारेमा कार्यपत्र प्रस्तुत गरी जानकारी गराउनुभयो । डा.केसीले प्रजनन् स्वास्थ्य ऐन, २०७४ प्रस्तावित नाम रहेको उक्त विधेयकमा प्रजनन् अवस्था, सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार सम्बन्धी व्यवस्था, प्रसुती सेवा व्यवस्था, सुरक्षित गर्भपतन सेवा, प्रजनन स्वास्थ्य अधिकार, प्रजनन् स्वास्थ्य अधिकार लगायत प्रजनन् स्वास्थ्य सम्बन्धित सम्पूर्ण विषयका बारेमा समेटिएको जानकारी दिनुभयो ।

उहाँले विधेयकमा मातृ–शिशुको स्याहारका लागि प्रसुती बिदाको दफा न. (१) मा सरकारी, वा निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलाले सुत्केरी हुनु अघि र पछि कम्तीमा ९८ दिनसम्मको तलब सहितको प्रसुती बिदाको व्यवस्था हुुनुपर्ने, बालबच्चा दुई वर्ष नपुञ्जेल कार्यालय समयमा दूध खुवाउनका लागि दैनिक एक घण्टाको समयको व्यवस्था हुनुपर्ने र पुरुष कर्मचारीको हकमा पारिश्रमिक सहितको १५ दिनको सुत्केरी बिदा पाउनुपर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

सुरक्षित मातृत्व र शिशुप्रति असर पर्ने काम गरे, गराएमा दण्ड सजायको व्यवस्था समेत रहेको बताउनुभयो ।  सांसद भिष्म अधिकारीले मुलुक संघिय संरचनामा गैसकेको अवस्थामा विधेयक प्रदेश, संघ वा स्थानीय तहलाई अधिकार प्रत्योजन नगरि सत प्रतिशत केन्द्रीकृत ढांचामा निर्माण भएको टिप्पणी गर्नुभएको थियो । सो अवसरमा कानुन मन्त्रालयका सह–सचिव रमेश ढकाल, महिला कानुन विकास मञ्चका अध्यक्ष अधिवक्ता मिरा ढुङ्गाना, सांसदहरू दीना उपाध्याय, राजेन्द्र पाण्डे, सञ्चारकर्मी जया लुंईटेल, शुभ कायस्थले सुझाव दिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: