बलात्कार विरुद्ध पोखराका सौदर्यकर्मी सडकमा


प्रकाशित मिति :2017-06-16 17:29:15

जमुना बर्षा शर्मा

पोखरा । महोत्तरी र अर्घाखाँचीमा युवतीमाथि भएको बलात्कार र बलात्कारपछि ज्यान गुमाएको घटनाको विरोधमा पोखराका सौन्र्दयकर्मी महिलाले विरोध प्रर्दशन गरेका छन् ।

गत जेष्ठ २८ गते साँझ ७ बजेतिर कामबाट घर फर्कने क्रममा महोत्तरी औरीकी सौन्दर्य पेशामा आवद्ध २१ वर्षिया युवती तीन जना युवाहरुबाट सामुहिक बलात्कारको शिकार बनेकी थिइन् । त्यस्तै बुधवार साँझ साँढे ७ बजे गुल्मी खर्ज्याङबाट कपडा सिलाएर घरतर्फ फर्किने क्रममा अर्घाखाँची छत्रदेवी गाउँपालिका १ की २१ वर्षिय महिलाको बलात्कारपछि मृत्यु भएको थियो ।

सोही घटनालाई लिएर दोषीलाई कडा कार्बाहीको माग गर्दै सौन्र्दयकर्मीहरुले विरोध प्रदर्शन ¥याली निकालेका हुन् । र्यालीमा सहभागिहरुले महिला अस्मिताको रक्षा गर, अपराधिलाई फाँसि दिने कानुन तयार गर, महिला हिंसा बन्द गर, पेशाकर्मीको सुरक्षाको ग्यारेन्टी गर भन्ने नाराका प्लेकार्ड सहित सडकमा उत्रिएका थिए ।

सौन्र्दय कला ब्यवसायि संघको आब्हानमा गरिएको विरोध र्याली पोखरा सभागृहचोकबाट सुरु भई मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै सौन्दर्य कला ब्यवसायी संघका सल्लाहकार चिनु गुरुङ्गले पेशाकर्मी माथि भएको घटनाको निन्दा गर्दै दोषीलाई कडा कार्बाहीको माग गर्नुभयो । महिला अस्मिता माथिको खेलवाडलाई राज्यले सम्वोधन गरेर सुरक्षित बातावरणका लागि पहल गर्न समेत आग्रह गर्नुभयो ।

महोत्तरी र अर्घाखाँचीमा युवतीमाथि भएको बलात्कारको बिरोधमा युवा । तस्वीरः जमुना वर्षा शर्मा /पोखरा

त्यसै गरि सौन्दर्य कर्मी युनियनका संस्थापक अध्यक्ष मिना गुरुङ्गले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरुलाई राजनैतिक दबाबबाट मुक्त गर्न खोज्नु हिंसा र बलात्कारका लागि प्रोत्साहन दिनु सरह भएको भन्दै अपराधिलाई संरक्षण गर्नहरु पनि उत्तिकै दोषि हुुने बताउनुभयो ।

पोखरा उद्योग बाणिज्य संघ महिला उद्यम विकास उपसमिति संयोजक सिता बरालले महोत्तरीकी सौन्र्दयकर्मी युवती र अर्घाखाँचीमा सिलाई कामबाट फर्कदा बलात्कारको सिकार भएर ज्यान गुमाएकी महिलाको परिवारलाई उचित क्षतिपूर्ति र न्यायका लागि देशभरीका महिला एकजुट हुन आग्रह गर्नुभयो । उहाले यो आम महिला माथिको हिंसा भएकाले यसको विरोधमा सबै लाग्नु पर्ने बताउनुभयो ।

सामाजिक अभियन्ता राम बहादुर पौडेल बलात्कार विरुद्धको अभियानमा सबै नागरिक एकजुट भएर कार्बाहीको लागि दबाब दिनु पर्ने बताए । अग्रज पत्रकार कृष्ण बाँस्तोलाले पछिल्लो समयमा महिला माथि बढ्दो बलात्कारका घटनाले समाजलाई अपराध उन्मुख बनाइरहेको र मानव अधिकारको गम्भिर हनन् भएको बताउनुभयो ।

महिला तथा बाल बालिका कार्यालय, महिला मानव अधिकार रक्षक संजाल, संचारिका समुह, नागरिक समाज, लगायतको ऐक्यवद्धता रहेको र्यालीमा विभिन्न सौन्दर्यकर्मी, अधिकारकर्मी, पत्रकार, नागरिक समाज, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

सौन्दर्य कला ब्यवसायी संघका अध्यक्ष सोमन गुरुङले र्यालीमा उपस्थित भएर ऐक्यवद्धता जनाउने संघ संस्था र सहभागिलाई धन्यवाद दिदै पीडितको न्यायको लागि सबैको हातेमालो जरुरी रहेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: