‘घरेलु श्रममा पारिश्रमिक समान हुनुपर्छ’


प्रकाशित मिति :2017-06-16 17:46:14

-महिला खबर-

काठमाडौं । घरेलु श्रममा समेत महिला र पुरुषबीचको पारिश्रमिक विभेद हुने गरेको भन्दै समान हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् ।  अन्तराष्ट्रिय घरेलु श्रमिक दिवसको अवसरमा घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान्त नामक संस्थाले संयुक्त रुपमा आयोजना गरेको अन्र्तक्रियामा सहभागीहरुले सो कुरामा जोड दिएको हो ।

अन्तराष्ट्रिय श्रम संगठनको तथ्याङ्क अनुसार विश्वमा ज्यालादारी महिला श्रमको ७.५ प्रतिशत हिस्सा घरेलु श्रमले ओगटेको छ । घरेलु श्रम विश्वव्यापी रुपमा नै महिलाको सहभागिता रहेको छ । कुल मध्ये करिब ९० लाखको हाराहारी पुरुष कामदारहरु घरेलु श्रममा रहेका छन् भने ४ करोड ३६ लाख महिला श्रमिकहरु रहेका छन् । ४१ प्रतिशत घरेलु श्रमिकहरु एशियाली मुलकुमा रोजगारी गरिरहेका छन् । जिफन्टले गरेको अध्ययन अनुसार नेपालमा करिब २ लाख घरेलु श्रमिकहरु रहेको छन् । जस्मा पुरुषको तुलनामा महिलाको संख्या बढि छ ।

नेपालमा ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा महिलाहरु बढि घरेलु श्रमिकको रुपमा काम गर्दै आएका छन् । घरमा बालबच्चा हेर्ने, खाना पकाउने, लुगा धुने, सरसफाई गर्ने लगायतका काममा उनीहरु सक्रिय रहन्छन् । घरेलु कामदार महिलाहरुले मासिकहरुमा २ हजार देखि ८ हजार सम्म कमाउँछन् ।

नेपाल ट्रेड युनीयन कांग्रेसकी नेतृ रमा पौडेलले घरेलु श्रमलाई मर्यादित बनाउनुपर्ने भन्दै यसले महिलाहरुमा आफ्ना आवश्यकता पुरा गर्न सहज हुने बताउनुभयो । अखिल नेपाल ट्रेड युनियन महासंघका सचिव कुमार पन्तले घरेलु श्रमिकलाई दोस्रो दर्जाको श्रमिकको रुपमा हेर्न नहुने बताउनुभयो ।

एक्टिभ डोमेस्टिक वकर्सका अध्यक्ष प्रशान्त डङ्गोलले घरेलु श्रमिकमा समेत तालिमको आवश्यक पर्ने बताउनुभयो । उहाँले घरेलु श्रमिकलाई सरकारले सेवा सुविद्याको निर्धारणका साथै आवश्यक नियम बनाउनुपर्ने बताउनुभयो ।
घरेलु श्रमिक मञ्चका सदस्य उमा भण्डारीले घरेलु श्रममा जति पुरुषले पारिश्रमिक पाउँछन् त्यहि महिलाले नपाउँने बताउनुभयो । उहाँले पुरुष र महिलाको तलब स्केल बराबर हुनुपर्ने बताउनुभयो ।

रोजगारदाताको तर्फबाट डा.सावित्री अर्यालले घरेलु कामदार महिलाहरु काम गर्ने घरका परिवारबाटै सुरक्षित नहुने गरेको बताउनुभयो ।
स्वतन्त्र अभियान तथा घरेलु श्रमिक मञ्चले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र सुर्यविनायक तथा भक्तपुर नगरपालिका क्षेत्रका २०० जना रोजगारदाताहरुसँग गरिएको सर्वेक्षणमा ६३ प्रतिशतले आफ्नो घरमा घरेलु श्रमिक रहेको र २७ प्रतिशतले घरेलु श्रमिक राख्न चाहेपनि नपाएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सर्वेक्षणका क्रममा ४८ प्रतिशत बालश्रमको प्रयोग भएको, ४.५ प्रतिशतले घरेलु श्रमिकलाई बासी र उब्रिएको खाना दिने गरेको, सुरक्षीत उपयुक्त बास बस्ने ठाउँ नदिएको फेला परेको छ ।

यस्तै सर्वेक्षणका क्रममा ६.५ प्रतिशतले घरेलु श्रमिकलाई पढ्न नपठाएको, ३१ प्रतिशतले घरेलु श्रमिकमाथी हिंसा हुने गरेको, १२ प्रतिशतले घरेलु श्रमिकलाई विभेद तथा होच्याउने र हेप्ने गरेको, १६.५ प्रतिशतले घरेलु श्रमिकलाई अत्यन्तै कम दिएको, ३ प्रतिशतले घरेलु श्रमिकलाई पारिवारिक भेटघाटबाट बन्चित गरेको देखिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: