गर्भपतनलाई लान्छनाको रुपमा हेरीनुहुदैनः कन्ट्री डाइरेक्टर रेग्मी


प्रकाशित मिति :2017-06-16 17:54:33

-महिला खबर-

काठमाडौं । आइपास नेपालका कन्ट्री डाइरेक्टर डा.शिवेशचन्द्र रेग्मीले गर्भपतनलाई लान्छनाको रुपमा हेरीनु नहुने बताउनुभएको छ ।
आइपासले आज गरेको पहिलो वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा बोल्दै रेग्मीले अनिच्छित गर्भधारणलाई रोक्न सुरक्षित गर्भपतन गराउदा महिलाले समाजबाट विभिन्न किसिमको लान्छना व्यहोर्नुपर्ने डरले असुरक्षीत गर्भपतन गराइरहेका बताउनुभयो ।

यस्तो लान्छना तल्लो वर्गका महिलादेखि उच्च वर्गका महिलाहरुले समेत व्योहोरिरहनुपरेको उहाँले बताउनुभयो । रेग्मीले भन्नुभयो–‘जबसम्म सुरक्षीत गर्भपतनलाई सामान्य कुराको रुपमा लिइदैन, तवसम्म महिला र किशोरीको स्वास्थ्य जोखिममा पर्छ ।’
आइपासले सञ्चालन गरेको ‘महिलाहरुको स्वच्छ प्रजनन गर्न पाउनुपर्ने अधिकार र अनिच्छित गर्भ रोक्नका लागि क्षमता अभिबृद्धी परियोजना’ पछि सन् २०१५ देखी २०१७ को तथ्यांकमा ६० जना महिला मातृमृत्यु हुनबाट बचेको जानकारी गराउनुभयो । उहाँले ३० हजार २२३ जनालाई असुरक्षीत गर्भपनत गर्नबाट रोक्न सफल भएको रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार सन् २०१५ मा २१ जना, २०१६ मा २५ जना र २०१७ मा १४ जना महिला असुरक्षीत गर्भपतनबाट हुने मृत्युबाट बचेका थिए । त्यसैगरी सन् २०१५ मा १० हजार ५३२ जना, २०१६ मा १२ हजार ५७३ जना र २०१७ मा ७ हजार ११८ जना महिला असुरक्षीत गर्भपतन गराउनबाट रोकीएको बताउनुभयो ।

विश्वमा २२ करोड महिलाले असुरक्षीत गर्भपतन गराउछन् । जसमा एक महिनामा १ करोड ८ लाख ३३ हजार ३३३ जना र एक दिनमा ६० हजार २७४ जनाले विश्वमा असुरक्षीत गर्भपतन गराउने गरेकोको उहाँले बताउनुभएको छ ।
क्रिपाले २०१४ मा गरेको अनुसन्धानका अनुसार नेपालमा एक वर्षमा १ लाख ८६ हजार १४४ जनाले असुरक्षीत गर्भपतन गराउने गरेका छन् । त्यस्तै १५ हजार ५१२ जनाले एक महिनामा असुरक्षीत गर्भपतन गराउने गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: