महिलाको न्यायमा पहुँच पु-याउन गृहणी पिंकीकोे उम्मेदवारी


प्रकाशित मिति :2017-06-18 11:06:32

महिला खबर

काठमाडौं । बझाङको थलारा गाउँपालिको उपाध्यक्षमा गृहणी पिंकी धामी भण्डारीले कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी छन् ।

स्थानीय तह निर्वाचनमा प्राय शिक्षिक, इन्जीनियर, पत्रकार, व्यापारी जस्ता पेशा व्यवसायमा भएका र राजनितिकर्मीहरुले उम्मेदवारी दिइरहेका छन् । तर गृहणी पनि समाजका लागि बाहिर निस्कनुपर्छ भन्ने अभिप्रयाले आफूले उम्मेदवारी दिएको पिंकीले बताइन् ।

उनले गाउँपालिकामा विजयी भए समाजिक विकृतीलाई हटाउने बताइन् । ‘हाम्रोमा छाउपडीका कारण धेरै महिला पीडित छन्, त्यसैले महिला हिंसालाई हटाउने र सशक्तीकरणमा जोड दिनुका साथै रोजगारका लागि भारत लगायतका देशमा जाने क्रम रोकेर रोजगारमुलक कार्यक्रमहरु सञ्चालन गर्न मैले उम्मेदवारी दिएकी हु ।’ उनले भनिन् ।

महिलाको न्यायमा सहज पहुँच बढाउन जरुरी रहेको उनले बताइन् । साथै स्थानीय स्तरमै उत्पादन हुने खाद्यान्नको लागि सहज रुपमा मल विउँ विजन उपलब्ध गराएर कृषि उत्पादनलाई व्यवसायिक बनाउनुपर्नेमा उनको जोड छ ।

आफुलाई जिताएमा गाउँपालिकाको विकासका निम्ती गरेको बाचाँ पुरा गर्ने उनले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: