कुलबहादुर हत्या मुद्धामा पीडित पक्षका कानुन व्यवसायीद्वारा इजलास बहिष्कार


प्रकाशित मिति :2017-06-18 12:57:28

पत्रकार सम्मेलनमा मृतकको परिवार

-सर्मिला बुढाथोकी-          

 दोलखा । स्थानीय तह निर्वाचन प्रचारको क्रममा हत्या गरिएका दोलखा गौरीशङ्कर गाँउपालिका, १ जुँगुका कुलबहादुर तामाङको मुद्धामा पीडित पक्षका कानुन व्यवसायीहरुले इजलास बहिष्कार गरेका छन् ।

मृतकका बुबा गोरे तामाङले विहिवार न्याय परिषदमा ६३ नम्बरमा दर्ता गरेको उजुरीमा दोलखा जिल्ला अदालतका २ नम्बर न्यायधिश लालकाजि श्रेष्ठले बदनियत पूर्ण ढङ्गले थुनछेक बहसमा फैसला गरेकाले कार्वाहीको माग गरेको तामाङ पक्षिय कानुन व्यवसायीहरुले बताएका छन् । न्यायधिश श्रेष्ठको विषयमा बिभिन्न सञ्चारमाध्यमा समाचार प्रकाशीत भएको तथा न्याय परिषदमा समेत उजुरी परेकोले इजलाश बहिष्कार गरेको पीडित पक्षका कानुन व्यवसायीहरुको भनाई छ । अदालतको फैसला न्यायको सिद्धान्त अनुरुप नभएको भन्दै मृतकको श्रीमती साङमाया, १४ बर्षिया छोरी संगीता र ११ बर्षिय छोरा अशोकले पत्रकार सम्मेलन गरी न्यायको लागि सार्वजनिक अपिल गरेका थिए ।

तामाङ परिवारले माओवादी केन्द्रका नेता देवी खड्का लगाएत ३९ जनाको नाममा कर्तव्य ज्यान मुद्धा दर्ता गरेका थिए भने प्रहरीले आवश्यक अनुसन्धान पछि ४० जनाको नाममा कर्तव्य ज्यान मुद्धा दर्ता गरेको थियो । तामाङको पक्षबाट जिल्ला न्यायधिवक्ता समेत कानुन व्यवसायीहरु कृष्ण वस्नेत, प्रोणप्रताप केसी, सरोज उप्रेती, शान्तबहादुर केसी लगाएतले बहस गरेका थिए ।

केहि दिन अघि प्रहरीले पक्राउ गरेको बिष्णु पाख्रिन र विरध्वज खड्काको सम्बन्धमा विहिवार भएको थुनछेक बहस तामाङ पक्षिय कानुन व्यवसायीहरु कृष्ण वस्नेत, प्रोणप्रताप केसी, सरोज उप्रेती, शान्तबहादुर केसी लगाएतले बहिष्कार गरेका हुन् । पाख्रिन र खड्काको बयान भने बुधवार १ नम्बर न्यायधिश राजेन्द्र नेपालले गराएका थिए ।

जिल्ला अदालत दोलखाको २ नम्बर न्यायधिश लालकाजि श्रेष्ठको इजलासले कुलबहादुर हत्या आरोपमा पक्राउ परेका ९ जनालाई साविति बयान दिएको भएपनि यस अघिको थुनछेक बहसमा सबैलाई साधारण तारेखमा छोड्ने आदेश दिएको थियो । विहिवारको थुनछेक बहसमा पनि न्यायधिश श्रेष्ठले बिष्णु पाख्रिन र विरध्वज खड्कालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: