प्रमुख पदमा चार महिलाको उम्मेदवारी


प्रकाशित मिति :2017-06-18 17:07:18

-पार्वती पाण्डे- 

कपिलवस्तु । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि कपिलवस्तुबाट प्रमुख पदमा चार महिलालले उम्मेदवारी दर्ता गराएका छन् ।नगरपालिकाको मेयरमा तीन महिला र वडा अध्यक्षमा एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।

वाणगंगा नगरपालिकाको मेयरमा आइतबार शुरुमै एमालेकी उम्मेदवार विमला घिमिरेले मनोनयन दर्ता गर्नुभयो । उम्मेदवारी दर्ता गरेसगैँ उहाँले आफूलाई भारी मतले जिताउन समेत आग्रह गर्नुभएको छ । वाणगंगालाई लैंगिक हिंसा मुक्त नगर बनाउन आफ्नो जीतको आवश्यक रहेको उहाँको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी लक्ष्मी भुषालले मेयरमा उमेदवारी दर्ता गराउनुभएको छ । उहाँले आफूलाई जिताएर नगरको विकास गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।

त्यस्तै स्वतन्त्रबाट मेयर पदका लागि वसन्ती थारुले उमेदवारी दर्ता गर्नुभएको छ । उम्मेदवारी दर्ता गराउँदै उहाँले महिला, गरिब, अपाङगहरुको हक, अधिकार स्थापितका लागि आफ्नो उमेदवारी भएको बताउनुभयो । उहाँले वाणगंगालाई विकास गर्नका लागि महिलालाई एक पटक प्रमुख पदमा जिताउन अनुरोध गर्नुभयो ।

वाणगंगा नगरपालिका वडा नं ४ बाट वडा अध्यक्षमा भने एमालेकी सुर्य कुमारी शाहिले उम्मेदवारी दर्ता गराउनुभएको छ । कपिलवस्तुमा ६ नगरपालिका र ४ गाउँपालिका गरी १० वटा स्थानिय तह रहेका छन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: