सुरेल महिलाका लागि बहुउदेश्य केन्द्र


प्रकाशित मिति :2017-06-18 15:02:38

बहुउदेश्य गतिविधि केन्द्र भवन

भवन उद्घाटन कार्यक्रममा सहभागिहरु

-सर्मिला बुढाथोकी-
दोलखा । लोपोन्मुख सुरेल जातिका महिलाहरुको सामाजिक उत्थान र बिबिध गतिविधिमा टेवा पुगोस भन्ने उदेश्यले सुरेलहरुको वासस्थान रहेको दोलखाको गौरीशङ्कर गाँउपालिका, ५ सुरीमा बहुउदेश्य गतिविधि केन्द्र भवन निर्माण भएको छ ।

सुरेल जाति महिला उत्थान समाजको स्वामित्वमा रहने दुई कोठे भवन निर्माणको लागि मिसो एक्टर जर्मनीको आर्थिक सहयोग तथा नेपाल जेसुईत सोशल इन्सिटिच्युटले समन्वय गरेको थियो । गौरीशङ्कर गाँउपालिकाका प्रमुख स्वयमबहादुर खड्काले भवनको उद्घाटन गर्नु भएको थियो ।

भवन निर्माण पछि बिभिन्न तालिमहरु सञ्चालन गर्ने, आयमुलक गतिविधि सञ्चालन गर्ने, संस्थाको नियमीत बैठक सञ्चालन गर्ने तथा आपसी छलफल गर्न सहज हुने सुरेल जाति महिला उत्थान समाजको अध्यक्ष सरस्वती सुरेलले बताउनुभयो ।

अहिले नेपाल जेसुईत सोशल इन्सिटिच्युटको समन्वयमा १२ जना सुरेल महिलाहरुको लागि तीन महिने सिलाई कटाई तालिम समेत शुरु भैसकेको अध्यक्ष सुरेलले बताउनुभयो । त्यसैगरी नेपाल जेसुईत सोशल इन्सिटिच्युटकै समन्वयमा २५ जना सुरेल महिलाहरुको लागि पोते उन्ने तालिम समेत सञ्चालन गरिएको छ ।

गौरीशङ्कर गाँउपालिका ५ सुरी मुख्य थलो रहेको लोपोन्मुख सुरेल जातिको जनसंख्या २ सय ३७ जना रहेको छ । जसमा महिलाहरुको संख्या १ सय २२ जना रहेको अध्यक्ष सुरेलले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: