दोस्रो चरणको निर्वाचनको लागि मनोनयन दर्ता (फोटोफिचर)


प्रकाशित मिति :2017-06-18 15:37:08

महिला खबर

काठमाडौं । दोस्रो चरणमा हुन लागको स्थानीय तह निर्वाचनका लागि आज प्रदेश नं.१, ५ र ७ का ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा उम्मेदवारहरुकाे मनोनयन दर्ता सुरु भएको छ ।

यही असार १४ गते हुने निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगर, १११ नगरपालिका र २१५ वटा गाउँपालिकाबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित चुनीनेछन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५ सय ८१ मतदानस्थल ८ हजार ३६४ मतदानकेन्द्र कायम गरिएको छ ।


नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले व्यवस्था गरे अनुसार दलहरुले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख\उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष\उपाध्यक्ष मध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान रहेको छ ।

५ सदस्यीय वडा तहमा भने एक दलित महिला सहित २ जना महिला सदस्य आर्थात ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यसैगरि, निर्वाचन आयोगले महिला, दलित, अल्पङ्ख्यक लगायतले उम्मेदवारी मनोनयन गर्नका लागि दस्तुरमा ५० प्रतिशत छ्ुट दिने व्यवस्था गएिको छ ।

दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिनेछन् । उम्मेदवारी दर्ताका लागि आज बिहान ८ देखि अपराह्न ४ बजेसम्मको समय तय गरिएको छ । विभिन्न दलहरुले आफ्ना उम्मेदवार मनोनयन गर्ने क्रममा छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार, धनगढी उपमहानगरपालीकामा एमाले तथा माओवादी केन्द्रले आफ्नो मनोनयन दर्ता सकाएको छ भने नेपाली कांग्रेसले ३ बजेबाट मनोनयन दर्ता सुरु गर्ने छ ।

यस्तै झापाको दमक नगरपालिकामा कांग्रेसले उपप्रमुखमा रेगिना भट्टराई प्रसाईले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको तर्फबाट उपप्रमुखमा गीता अधिकारीले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ।

तस्वीर:शेर बहादुर एेर\कैलाली

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: