द्वन्द्व पीडित महिलालाई राज्यले वेवास्ता गरेको आरोप


प्रकाशित मिति :2017-06-19 17:39:56

-महिला खबर-

ललितपुर । सशस्त्र द्वन्द्वका क्रममा घाइते एवम् मृतकका परिवारले राज्यले आफूहरुलाई वेवास्था गरेको आरोप लगाएका छन् । छन् ।
मानव अधिकारको लागि महिला, एकल महिला समूहले जावलाखेल ललितपुरमा आयोजना गरेको द्वन्द्व प्रभावित महिलाहरुको न्याय, सहभागिता र शसक्तिकरण विषयक कार्यशाला गोष्ठीमा सहभागीहरुले द्वन्द्व पिडितका मुद्धालाई राज्यले छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने माग गरे ।

कार्यक्रममा  रामेछाप घर भई हाल जोरपाटी बस्दै आएकी द्वन्द्व पीडित रिता कार्कीले द्धन्द्धपिडित परिवार न्यायको ढोका ढकढक्याउँदा थाकी सकेको बताउनुभयो । उहाँले सरकारले प्रत्येक द्वन्द्व पीडित परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

तनहुँ दमौलीकी द्वन्द्व पीडित मिनु गुरुङले राज्यले अहिलेसम्म आफूलाई राहत दिलाउन नसकेको गुनासो गर्नुभयो । उहाँले राज्यले द्धन्द्ध पिडित भनेनि सेवा सुविद्या दिन नसकेको बताउनुभयो ।

बाँकेकी हिमकुमारी घर्तीले द्वन्द्व कालमा घाइतेको अहिलेसम्म उपचार हुन नसकेको गुनासो गर्नुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगकी मञ्जिला झाले द्वन्द्व पीडित परिवारलाई राहत उपलव्ध गराउन आयोग सचेत रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागि द्वन्द्व पीडित महिलाहरुले सशस्त्र द्वन्द्व  कालमा मृतकलाई शहिद घोषणा गर्नु समेत माग गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: