साझा यातायातकी पहिलो महिला चालक रेविकालाई पुत्रशोक


प्रकाशित मिति :2017-06-19 12:42:24

महिला खबर

काठमाडौँ । साझा यातायातकी पहिलो महिला चालक रेविका थापालाई पुत्रशोक परेको छ । युनाइटेड कलेजमा १२ कक्षा अध्ययनरत १९ वर्षीय छोरा विवेक थापाको शनिवार घरमै मृत्यु भएको हो । शनिवार राति खाना खाएर सुतेको छोरा बिहान ओछ्यानमै मृत अवस्थामा भेटिएपछि रेविका शोकमा डुवेकी छन् ।

पोष्टमार्टमका लागि ग्रेन्डी इन्टरनेसनल अस्पताल लगिएपनि खानापिनको खरावी वा अन्य कुनै कारण नखुलेको जनाएको छ । नवलपरासीको बुटवल खैरनी–८ घर भएकी रेविका करिब १५ वर्षदेखि काठमाडौँमा चार पांग्रे गाडी चलाएर छोरालाई पढाउदै आएकी थिइन् । एक्लो ज्यानले दुःख गरी हुर्काएको छोरा एक्कासी मृत्यु भएपछि रेविकालाई पर्नुसम्मको बज्र्रापात भएको छ । ‘मेरो एउटै साहरा र आशाको ज्योति यही एउटा छोरा थियो, छोरालाई पनि दैवले चुडेर लागे अब म कसरी बाँच्ने,–भावविहल हुँदै रेविकाले भनिन्–‘मैमाथि यस्तो दुःख किन भैरहन्छ ।’ विवेक पढ्नमा अबल थिए । उनी कक्षा ११ मा कलेज टपर पनि हुन् ।

छोरा विवेकको साथमा रेविका

छोरा गुमाउनुपर्दाको पिडा त छदैछ, ९ महिना कोखमा, त्यसपछि हुर्काउन बढाउनदेखि अहिले छोराको मृत्यु हुँदा समेत बुबाले कुनै खोजीनिति नगर्दा रेविकालाई सहनै नसक्ने चोट परेको छ । जुन चोट उनी एक्लैले रातदिन महेनेत गरेर काठमाडौँको महंगीमा छोरालाई हुर्काउन कहिल्यै महसुस गरेकी थिएनन् । उनी बहादुर महिला हुन् । जसले ठूला गाडी पुरुषले मात्र चलाउन सक्छन्, महिलाले सक्दैनन् भन्ने मान्यतालाई गलत सावित गरिदिएको थियो । अाज उनै साहसी रेविका जिन्दगीमै सवैभन्दा एक्लो महसुस गरिरहेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: