ह्वाईट हाउस एसएलसी प्रिन्सेस् बनिन् नविना राई


प्रकाशित मिति :2017-06-19 14:04:55

महिला खबर

काठमाडाै । गत शनिबार प्रज्ञा भवनको डबलीमा सम्पन्न हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज एसएलसी प्रिन्सेस् २०१७ प्रतियोगितामा स्काई र्लाक स्कुलवाट एसइई दिई विशिष्ट श्रेणीमा पास हुन सफल १६ वर्षिया नविना राईले विजेताको ताज पहिरिन सफल भएकी छिन्, नविनाले प्रतियोगितामा शीर्ष उपाधि सहित मिस पपुलर अवार्ड पनि हात पार्न सफल भइन् ।

नविनाले विजेताका भए पछि नगद रु ५० हजार रुपैयाँ  र हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका तर्फ प्लस टू अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति पुरस्कार पनि प्राप्त गरिन् । रोजिन शाक्यको कोरियोग्राफीमा सिजन मिडियाद्वारा आयोजित सो प्रतियोगितामा स्मृति नेपालले फस्ट रनर अप उपाधि साथै मिस पर्सनालीटीको उपाधी जित्न सफल भइन् भने सलिना कटुवाट सेकेन्ड रनर अप विजेता बन्न सफल भइन् । साथै नेपाल र कटुवालले क्रमस रु ३० र २० हजार नगद साथै एक लाख वरावरको छात्रावृत्रि पाइन । थर्ड रनर अप सितास्मा पोखरेल र फोर्थ रनरअप प्रेरणा महत घोषित भइन ।

प्रतियोगितामा नामी कलेजका सिइओ योगराज कंडेल, क्याम्पीयन एकाडमीका प्रिन्सीपल रमेसन भण्डारी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजकी डाइरेक्टर विना कैनी ,शिक्षक प्रेम गुरुङ,नायिका भिन्तुना जोसी , स्कीन एण्ड लेजर थेरापिष्ट आसा सुवाल निर्णायक मण्डलमा रहनु भएको थियो । प्रतियोगिताको अन्य उपाधिहरुतर्फ मष्ट ट्यालेन्ट प्रकृति साही, अर्गनाइजर च्वाइस र हेल्दी स्माइल मनकामना पुन मगर , मिस डिसिप्लीन दिक्षा गौतम, वेष्ट स्कीन जुनीमायाँ तामाङ, मिस फिटनेश विशुम तामाङ, वेष्ट फोटोजेनीक गरिमा योन्जन,  ब्युटीफुल हेयर नेहा तुलाधर, वेष्ट फ्रेन्डशीप पुजा अधिकारी, वेष्ट ड्रेस इन्जु श्रेष्ठ , एकाडेमिक अवार्ड कविता देवकोटा, सोसल सर्भिस एभिन्जेलीना आर्चाय, वेष्ट वाक सोफी श्रेष्ठ मिस पङ्चुवालिटि इन्दिरा खतिवडा, मिस कन्फीडेन्ट रुषा नापित र फेशवुक लाइक अवार्ड प्रतिक्षा खत्रि, मिस क्रियटिभ रितिका चौलागाई,भिर्योस च्वाइस क्रितिका थापा , व्यूटीफूल आई श्रेर्या श्रेष्ठले जित्न सफल भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: