कम्प्युटर प्रशिक्षक बन्ने दृष्टिविहिन महिलाको धोको


प्रकाशित मिति :2017-06-19 16:51:19

सर्मिला बुढाथोकी

दोलखा । दृष्टिविहिन यानिमाया भट्टराईको हातका औला अहिले कम्प्युटरको किर्वोडमा दौडिरहेका हुन्छन् । उनको लक्ष्य कम्प्युटर प्रशिक्षक बन्ने रहेको छ । ‘दृष्टिविहिनले पनि सबै काम गर्न सक्छन् भन्ने देखाउन मैले कम्प्युटर प्रशिक्षक बन्ने लक्ष्य लिएकी छु ।’–यानिमायाले भनिन् ।

कालिञ्चोक माध्यामिक विद्यालय चरिकोटमा दृष्टिविहिनहरुको शिक्षक रहेकी यानिमाया दृष्टिविहिनको लागि कम्प्युटर सिक्न कठिन भए पनि असम्भव भने नभएको बताउँछिन् । ‘चाहना र आत्मबल भयो भने दृष्टिविहिनले गर्न नसक्ने केही छैन ।’–यानिमायाले भनिन् – सबैको साथ र सहयोग भने हुनुपर्छ ।’ कम्प्युटर प्रशिक्षक बनेर दृष्टिविहिनहरुकै लागि सेवा गर्ने उनले बताइन् ।

कालिञ्चोक मावि चरिकोटमा कक्षा ९ मा अध्यनरत दृष्टिविहिन लक्ष्मी पनि विद्यालयको समय पछि साँझमा यानिमायासंगै कम्प्युटर सिक्दै छिन् । दृष्टिविहिन भएकै कारण आधुनिक प्रविधिबाट टाढा रहनु नपरोस, अरू जस्तै सबैकुरा गर्न सकिन्छ भनेर भन्ने अठोटले कम्प्युटर सिक्न लागेको लक्ष्मीले बताईन । उनले कम्प्युटर सिकेर व्यावसायिक रूपमा अघि बढ्ने चाहना व्यक्त गरिन् ।

कक्षा ११ मा अध्यनरत दृष्टिविहिन लिला तामाङको उद्देश्य पनि कम्प्युटर सिकेर त्यसैबाट आयआर्जन गर्नु हो । दृष्टिविहिनलाई सबै क्षेत्रबाट सहयोग हुने र अपाङ्ग मैत्री प्रविधि पाउन सक्ने हो भने सामान्य मानिसले जस्तै हरेक काम सफलतापूर्वक गर्न सकिने लिला बताउछिन् ।

 महिला तथा बालबालिका कार्यालय दोलखाको सहयोग एवं घरेलु तथा सानो उद्योग विकास समिति दोलखा र जिल्ला स्थित अपाङ्गता सम्बन्धी संस्थाहरूको समन्वयमा सञ्चालित कम्प्युटर तालिममा चार जना दृष्टिविहिन र आठ जना फरक क्षमता भएका १२ जना सहभागिता छन् । यानिमायाले यो ३९० घण्टाको आधारभूत तालिम सकिएपछि पुर्नताजगी तालिम पाउन सके लक्ष्य अनुसार अगाडि बढ्न सजिलो हुने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: