उपलब्धिमूलक काम गर्नुहोस्ः उपाध्यक्ष तामाङ


प्रकाशित मिति :2017-06-19 17:11:06

विदुर आचार्य

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले जिल्लामा रहेका गैरसरकारी तथा सामाजिक संघसंस्थाहरुलाई महिला तथा बालबालिकको क्षेत्रमा उपलब्धिमुलक काम गर्न निर्देशन दिएका छन् ।

गाउँपालिकाभित्र कुन संस्थाले के गरिरहेका छन् भन्ने जानकारीसंगै परिचयात्मक भेटघाट गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले यस्तो निर्देशन दिनुभएको हो । ‘सामाजिक संस्थाहरुले महिलाका लागि धेरै काम गरिरहेका छन्, तर साच्चै उनीहरुको अवस्थामा सुधार गर्न के गर्न सकिन्छ ? समन्वय गरी अगाडी वढ्औं, उनीहरुका लागि उपलब्धीमूलक काम गरौं ।’– उपाध्यक्ष तामाङले भन्नुभयो ।

धेरै संस्थाहरुले एउटै काम फरक फरक ढंगबाट गर्नुभन्दा एकआपसमा समन्वय गरेर काम गरे उपलब्धीमूलक हुने उहाँको भनाई छ । आफ्नो गाउँपालिकामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जनसँगै न्यायिक पहँुच बृद्धि गर्न देखिने कामको खाका ल्याउन सामाजिक संस्थालाई अनुरोध समेत उहाँले गर्नुभयो । गाउँपालिकाको आवश्यकताहरुको प्राथमिकिकरण र एकद्धार पद्धति अपनाउन पनि सामाजिक संघसंस्थाहरुसगँ छलफल गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: