१४ वर्षीया बालिकाको सामुहिक बलात्कार


उपचार र सुरक्षाको माग

प्रकाशित मिति :2017-06-20 13:59:50

यमुना खनाल

सिरहा । धनगढीमाई नगरपालिका ७ की एक १४ वर्षिया वालिका सामुहिक बलात्कारको शिकार भएकी छन् । सोही गाउँका सत्यण मण्डल र विलेक्षण पंण्डितले वालिकालाई असार २ गते मध्यरातमा शौच गर्न घर वाहिर निस्केको वेला अपहरण गरी उखुवारीमा लगेर बलात्कार गरेको पिडित वालिकाले बताईन् । घटनापछि प्रहरीमा उजुरी गरेपनि पीडकहरु फरार छन् ।

बलात्कृत वालिकाको अवस्था चिन्ताजनक छ । उनी रुने कराउने, चिच्याउने र घरीघरी बेहोस हुने गर्छिन् । होसमा आए पछि आत्महत्या गर्छु भन्छिन् । उनको जीउ भरी निलडामहरु छन् । वलात्कृत वालिकाको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधी उपचार गर्न समेत नसकेको पीडितकी आमाले बताईन् ।

वालिकाको बुवा र दाजु वैदेशिक रोजगारीमा खाडी मुलुकमा छन् । घरमा पुरुष नभएकोले छोरीलाई आँगनवाटै अपहरण गरेर बलात्कार गरेको आमाले विलौना गर्दै भनिन् । ‘रातभर सामुहिक बलात्कारपछि छोरीलाई विहानीपख ४ वजे वेहोस अवस्थामा घरको आँगनमा ल्याएर फालिदिएको पीडितकी आमाले बताईन् ।

‘विहान उठदा छोरीलाई आँगनमा बेहोस अवस्थामा भेंटे, सोधीखोजी गर्दा बलात्कार भएको थाहा पाए ।’ आमाले भनिन्–‘रक्सी खाएर आएका ति दुई जनाले छोरी शौच गर्न निस्केको वेला पछाडीवाट समाए सलले मुख थुनेर सडक पारी उखुवारीमा लगेका रहेछन् ।’हल्ला गरे वा कसैलाई घटनावारे सुनाए आमालाई पनि बलात्कार गर्ने र भाईलाई अपहरण गरी मारी दिने धम्की दिएको पिडित वालिकाले बताएकी छन् । उनीहरुले पीडकलाई छिटोभन्दा छिटो समाएर कारबार्ही गर्न र आफ्नो सुरक्षाको माग समेत गरेका छन् ।

प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले घटनामा संलग्नहरुको खोजीकार्य भैरहेको बताए । सिरहामा एक साता अगाडी अकी एक १४ बर्षिया बालिकाको आफैंलाई पढाउने शिक्षकले बलत्कार गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: