अपाङ्गतामैत्री भौतिक संरचना निर्माण अभियान


प्रकाशित मिति :2017-06-20 15:16:38

सर्मिला बुुढाथोकी

दोलखा । अपाङ्गता तथा दृष्टिविहिन समुदाय सेवा संघको व्यवस्थापन एवं अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँ र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा अपाङ्गता मैत्री भौतिक संरचना निर्माणका लागि जिल्ला स्तरीय अवरोध मुक्त अभियान सम्पन्न भएको छ ।

अभियानको क्रममा जिल्ला स्थित अपाङ्गता भएका व्यक्तिहरुले हरेक कार्यालय, संघ संस्था तथा सार्वजनिक सरोकारका भौतिक संरचना निर्माणमा अपाङ्गता मैत्री प्रविधिलाई प्राथामीकता दिनु पर्नेमा जोड दिएका थिए ।

सो अवसरमा अपाङ्गता तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रमेश लामाले सार्वजनिक अपिल गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई नागरिकता, पासर्पोट तथा अन्य सरकारी काममा पहिलो प्राथामीकता दिनुपर्ने, हरेक भौतिक संरचना अपाङ्ग मैत्री हुनुपर्ने, नेपाल सरकार, यातायात व्यवसायी संस्था र अपाङ्गता सम्बन्धि बिभिन्न संघ संस्था बीच भएको सम्झौता अनुसार अपाङ्गता परिचयपत्र भएकाहरुलाई सवारी साधनमा छुटको व्यवस्था, अपाङ्ग मैत्री सिटको व्यवस्था जस्ता कुरा कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।

सार्वजनिक अपिलमा अपाङ्गता परिचयपत्र सर्वसुलभ ढङ्गले वितरण गर्न घुम्ती टोलि बनाई गाँउ गाँउमा पठाईनुपर्ने, दैवि प्रकोपमा पीडित अपाङ्गता भएका व्यक्तिलाई उद्धार तथा राहतमा पहिलो प्राथामीकता दिनु पर्ने लगाएतका माग गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: