कृष्णकुमारीकोे प्राथमिकता महिला हिंसा न्यूनिकरण


प्रकाशित मिति :2017-06-20 15:23:15

महिला खबर

मोरङ । मोरङको लेटाङ नगरपालिकाबाट उपमेयरको उमेद्वारी दिएकी कृष्ण कुमारी निरौलाले आफ्नो पहिलो प्राथमिकता महिला हिंसा न्यूनिकरण भएको बताउनुभएको छ ।महिलामैत्री वातावरण निर्माणमा कुनै कसर बाँकी नराख्ने उहाँको प्रतिबद्धता छ । महिलालाई न्यायको पहुँचसम्म पु¥याएर अन्याय, अत्याचार र हिंसाको चपेटाबाट बाहिर निकाल्ने योजना रहेको उहाँको भनाई छ ।

लेटाङ नगरपालिका वडा नम्बर ९ जाँते निवासी कृष्णकुमारी निरौला (पोखरेल) आसन्न स्थानीय तहको निर्वाचनमा लेटाङ नगरपालिकाको उपमेयर पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्छ । आफू लामो समयदेखि राजनीति र समाजिक काममा सक्रिय भएकोले स्थानीय महिला दिदीवहिनीको समस्या राम्ररी वुझेको कृष्णकुमारीको दाबी छ ।

महिलाले भोग्नुपरेका समस्या र पीडालाई न्यूनिकरण गर्दै महिला शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्ने उहाँको प्रतिवद्धता छ । ‘जबसम्म महिलाहरु आर्थिकरुपमा सवल हुँदैनन् । तबसम्म उनीहरुलाई खाने–लगाउने र घरखर्च चलाउनका लागि पुरुषकै भरपरिरहनु पर्छ ।’ कृष्णकुमारीले भन्नुभयो– सामाजिक तथा राजनीतिक रुपमा महिलालाई अगाडि बढाउन निःशुल्क सीपमुलक तालिम प्रदान गरी व्यवसाय सञ्चालन गर्नका लागि अनुदान उपलब्ध गराउन आवश्यक छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: