‘सूचनाको हक सम्वन्धि ज्ञान हुनु आवश्यक’


प्रकाशित मिति :2017-06-20 17:20:10

-महिला खबर-

काठमाडौं । स्थानीय तहमा निर्वाचित भएसगै नयाँ संरचनामा काम गर्नुपर्नेभएकाले महिला नेतृत्वहरुमा सूचनाको हक सम्वन्धि ज्ञान हुनु अत्यावश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

स्थानीय निर्वाचन महिला नेतृत्वमा सूचनाको हक विषयक अन्र्तक्रियात्मक कार्यक्रममा सहभागीहरुले सूचनाको हक सम्बन्धि ज्ञान नहुँदा महिलाहरु पिडित हुनुपरेको उनीहरुको भनाई छ  । संसद विकास समितिका संयोजक रबिन्द्र अधिकारीले महिला अधिकारको विषय सबैको चासोको विषय भएको भन्दै महिला पुरुष एक भएर जानुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक तहमा मात्र नभएर उच्च तहमा समेत महिला सहभागिता ५ प्रतिशत भन्दा कम रहेको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिनुभयो । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्या सुन्दर शाक्यले महानगरपालिकाले महिला सशक्तिकरणका कार्यक्रमहरु ल्याउने बताउनुभयो । उहाँले महागरपालिकाकाले गर्ने काममा महिला पुरुषको नाममा कुनैपनि विभेद नहुने बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले महिलाहरुमा सूचनाको हकलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय चासोको विषय भएको बताउनुभयो । सूचना आयुक्त किरणकुमार पोख्रेलले स्थानीय निवार्चनमा उपप्रमुखमा निर्वाचित महिलाहरु न्यायीक समितिको संयोजक हुने हुँदा उनीहरुमा सूचनाको हक सम्वन्धि ज्ञान हुनु आवश्यक रहेको बताउनुभयो ।

सूचना आयुक्त यशोदा तिम्सिनाले स्थानीय तहको पहिलो निर्वाचनमा ५ हजार भन्दा बढि महिला आउनु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले महिलालाई कानुनले धेरै अधिकार दिएपनि थाहा नहुँदा अधिकारबाट वञ्चित हुनुपरेको बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठानकी अध्यक्ष अम्रिता लम्सालले स्थानीय निर्वाचन र महिला नेतृत्वमा सूचनाको हकका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय सूचना आयोग र मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: