सिन्धुका महिला कफीमा रमाउँदै


प्रकाशित मिति :2017-06-21 12:28:36

विदुर आचार्य

सिन्धुपाल्चोक । कृषकहरुलाई असारको मासले छपक्कै छोपेको वेला चौतारा सागाचोकगढी–१० सुकुटेकी निर्मला माझी भने अर्गानिक कफी प्रशोधनको काममा ब्यस्त छिन् । कफीको दाना केलाउने, प्रशोधित कफी प्याकिङ गर्ने तथा संकलनको काममा माझी विहानैदेखि लागि पर्छिन् ।

माझी जस्तै सुकुटेकी सत्यदेवी खड्का पनि विहानदेखि साँझसम्म कफी प्रशोधनको काममा व्यस्त हुन्छिन् । कफि प्रशोधनका लागि तीन महिना लाग्ने गर्छ । बाँकी समय पनि उनीहरु कफी उत्पादनमै लाग्ने गरेका छन् । अर्गानिक कफीको पक्कड क्षेत्र मानिएको यस जिल्लामा कफी उत्पादनमा महिलाहरुको उल्लेख्य सहभागिता देखिएको छ ।

बार्षिक ३० टन वढी कफी उत्पादन र प्रशोधन गरिने यस जिल्लामा अधिकांश महिला उद्यमी रहेका छन् । जिल्लामा १० वटा कफी उत्पादन सहकारी र ५४ कफी उत्पादक समुह छन् । १ हजार भन्दा वढी महिला कफी उत्पादक समुहमा आवद्ध रहेको जिल्ला कफी सहकारी सघका निर्देशक ढकप्रसाद प्याकुरेल वताए । सिन्धुको ‘अर्गानिक प्रुफ’ कफी दक्षिण कोरिया निर्यात हुने गरेको प्याकुरेलले जानकारी दिए ।

जिल्लामा पछिल्लो केही वर्षमै कफी उत्पादनमा उल्लेख्य बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । कफी उत्पादनमा प्रोत्साहन र अनुदान तथा पुरस्कारको व्यवस्थाले पनि कफि उत्पादन बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका टीका काफ्लेको तर्क छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: