समाचारको प्रभावः जुम्ल्याहा बालबालिकालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-06-21 14:54:47

-महिला खबर-

काठमाडौं । बेसिशहर नगरपालिका २ का चार महिने जुम्ल्याह बालबालिकालाई देश विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
महिला खबर अनलाईनमा गत जेठ ३१ गते ‘हजुर बाआमाको काँधमा नाबालक’ शिर्षकमा समाचार प्रकाशन भएसगैँ ती बालबालिकालाई विभिन्न स्थानबाट आर्थिक सहयोग प्राप्त भएको हो ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार गराइरहेका दुई बालबालिकाको विषयमा समाचार प्रकाशन भएसगैँ लमजुङ सेवा समिति हङकङ सम्पर्क समितिले उपचारका लागि लाग्ने खर्च व्यहोरेको छ । अस्पतालले समेत उपचार शुल्क आधा मिनाहा गरिदिएको छ ।

यसैगरि बेसिशहर ७ निवासी आइसा मियाले ५ हजार रुपैँया सहयोग गर्नुभएको छ । उहाँले अस्पतालमै पुगेर ती बालबालिकाका हजुरबाआमालाई सो रकम प्रदान गर्नुभएको हो ।

यस्तै काठमाडौं स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नीमा रहनुभएकी अनु गुरुङले १९ हजार रुपैँया सहयोग गर्नुभएको छ । सो रकम हिजै अभिभावकलाई हस्तान्तरण गरिएको सामुदायिक रेडियो मस्र्याङ्दी लमजुङकी स्टेसन म्यानेजर मिना गुरुङले जानकारी दिनुभयो ।

रोजगारीका निम्ती भारतको हायद्रवादमा रहनुभएका ती जुम्ल्याहकी आमा रिना उनीहरुलाई जन्म दिए लगत्तै मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि ती जुम्ल्याहलाई चार दिनभित्रमा नेपाल ल्याएर हजुर बाआमाको जिम्मा लगाइएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाई जुम्ल्याह बालबालिकालाई हुर्काउन समस्या भैरहेको छ ।

यो पनि हेर्नुहोस्

हजुर बाआमाको काँधमा दुई नाबालक

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: