जोखिम मोलेर बस्न बाध्य छन् सुरेल महिला


प्रकाशित मिति :2017-06-21 15:03:17

सर्मिला बुढाथोकी

दोलखा । सुरीका लोपोन्मुख सुरेल समुदायका जेष्ठ महिलाहरु भुकम्पपछि चर्किएको घरमा जोखिम मोलेर बस्न बाध्य छन् । आर्थिक अवस्था नाजुक रहेको र लाभग्राहीको सूचीमा समेत नाम नहुँदा सरकारी अनुदान नपाएपछि चर्किएकै घरमा बस्न बाध्य भएको ७९ बर्षिया बृद्धा जुनकी सुरेलले बताइन् ।

श्रीमानको मृत्यु भैसकेको र छोराहरु अलग बस्ने भएकाले एक्लै चर्किएको घरमा बसेको जुनकी बताउछिन् । घर खर्च भने छोराहरुले दिने गरेको उनले बताइन् । आफू जस्तै एकल महिलाहरुलाई सरकारले विषेश रुपमा हेर्नुपर्नेमा सवैले प्राप्त गर्न सक्ने सुविधाका लागि लाभग्राहीको सूचीमा समेत नाम नराख्दा उनी दुखित छन् ।

जुनकी जस्तै ७३ बर्षिय टिकामाया सुरेल पनि श्रीमानको निधनपछि एक्लै टहरामा बस्दै आएकी छन् । भुकम्पले घर भत्किएको र छोराहरु अलग बस्ने भएकोले आफु टहरामा एक्लै बस्ने गरेको टिकामाया बताउछिन् । लाभग्राहीको सूचीमा नाम नभएको र घर बनाउन सक्ने हैसियत नभएको उनले बताइन् ।

सरकारको समेत सहयोग नभएपछि दोलखाका गरीब तथा विपन्न बर्गका धेरै भुकम्प पीडितहरु अहिले पनि टहरामा बस्दै आएका छन् । ७८ बर्षिया हरिकुमारी सुरेल छोराहरुसगै बस्ने भएपनि भुकम्पले चर्किएकै घरमा छिन् । आर्थिक अभावको कारण छोराहरुले नयाँ घर बनाउन नसकेकोले छोराहरुसंग चर्किएकै घरमा बस्न बाध्य भएको हरिकुमारी सुरेलले बताइन् ।

नेपालको लोपोन्मुख नौ जाति मध्यमा पर्ने सुरेलको जनसंख्या जम्मा दुई सय ३७ रहेको छ । जसमा २० जना भारतको दार्जिलिङमा बस्ने गरेका छन् । दुई सय ३७ जना मध्य एक सय २२ जना महिला रहेको र त्यसमा नौ जना एकल महिला रहेको सुरेल जाति महिला उत्थान समाजको अध्यक्ष सरस्वती सुरेलले जानकारी दिइन् । अधिकांश एकल सुरेल महिला भुकम्पले चर्किएको घरमा जोखिम मोलेर बस्न बाध्य भएको अध्यक्ष सरस्वतीको भनाई छ । एकल महिलालाई सुरक्षित भवनमा राख्न र आवश्यक सहयोग गर्न सरकारले विशेष योजना ल्याउनु पर्ने सरस्वती बताउछिन् ।

सुरेलहरुको बस्ती रहेको गौरीशङ्कर गाँउपालिकाका प्रमुख स्वयमबहादुर खड्का नेपालको एतिहासीक लोपोन्मुख सुरलहरुको संरक्षण गर्नु सरकारको समेत दायित्व भएकोले सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउछन् । उनले सुरेल महिलाहरुलाई सुरक्षित आवासमा राख्न र आवश्यक सहयोग गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने समेत बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: