८ दलित महिला निर्विरोध निर्वाचित


प्रकाशित मिति :2017-06-21 15:24:47

-डीबी विष्ट –

बझाङ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न तीन जिल्लामा आठ दलित महिला निर्विरोध निर्वाचित भएका छन् ।
बझाङ, बाजुरा र तोप्लेजुङमा अन्य दलित महिला उम्मेद्वार नभएपछि उनीहरु निर्वारोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बझाङ जिल्लामा दुई जना दलित महिला सदस्य निर्विरोध निर्वाचित छन् । काँडा गाँउपालिका ४ धुलीकी अमृता विक र मष्टा गाउँपालिका ४ की हिमकला दमाई निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

काँडा गाँउपालिका ४ की दलित महिला अमृता विकले नेपाली कांगे्रसबाट उम्मेदवारी दिनु भएको थियो भने मष्टा गाँउपालिका ४ मा एमालेकी हिमकला दमाईले उम्मेदवारी दर्ता गराएको थियो । दुबै वडामा अन्य पार्टीको तर्फबाट उम्मेदवारी नपरेपछि दलित महिला निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै बाजुरामा बडिमालिका नगरपालिका ८ बाट एमालेकी लुती नेपाली र स्वामीकार्तिक गाउँपालिकाबाट एमालेकै नानी ल्वार निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै हिमाली गाउँपालिका २ बाट माओवादी केन्द्रका तर्फबाट रुपसरी सार्की निर्विरोध हुनुभएको छ ।

ताप्लेजुङमा भने फक्ताङ्लुङ गाउँपालिका ६ बाट कांग्रेसकी उमा लाम्गादे, मिक्वा खोला गाउँपालिका ३ बाट लक्ष्मीमाया विश्वकर्मा र सिरिजङ्गा गाउँपालिका ८ बाट सितादेवी पुर्कुटी निविरोध निर्वाचित हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: