सिरहाका महिला सरसफाई अभियानमा


प्रकाशित मिति :2017-06-21 15:58:03

यमुना खनाल

सिराहा । सिराहाका महिलाहरु जिल्लालाई सरसफाई र खानेपानीको पहुँचमा नमुना बनाउन सक्रिय भएका छन् । सरकारी लक्ष्य अनुरुप सन् २०१७ भित्रमा सरसफाइमा नमुना बनाउन लागेका हुन् ।

सरकारले पनि सन् २०१७ सम्ममा देशका सम्पूर्ण जनतामा खानेपानी र सरसफाईको पहुँच पु¥याउन राष्ट्रिय लक्ष्य राखेको छ । तीन वर्ष अघिसम्म सरसफाईको दृष्टिले देशकै ७४ औं स्थानमा पर्ने सिराहामा शौचालय प्रयोग गर्ने नागरिक १७ प्रतिशत मात्रै थियो । महिला तथा सरोकारवालाहरुको प्रयासले अहिले शौचालय प्रयोग गर्ने नागरिकको संख्या ९० प्रतिशत पुगेको जिल्ला समन्वय समिति सिराहाले जनाएको छ ।

यसअघि घरमा शौचालय नहँुदा खुल्ला दिसाका कारण सबैभन्दा धेरै महिला तथा बालबालिकाले स्वास्थ्य लगायतका समस्या भोग्दै आएका थिए । घरमा शौचालय नहुँदा दिसा लागे साँझ कुरेर बस्नु पर्ने, खुल्ला ठाँउमा दिशा गरेकै कारण बिभिन्न किसिमका हिंसामा पर्ने जस्ता समस्या रहेको सरसफाइमा संलग्न सीता चौधरीले बताउनुभयो ।

महिलाहरुकै अगुवाईमा पतारी गाँउपालिका, २ पर्सा पोखरभिन्डा बुधबार खुल्ला दिशामुक्त घोषणा भएको छ । गाउँलेहरुले अब खुल्ला ठाँउमा दिसा नगर्ने र कसैले गरेमा पाँच सय रुपैयाँ जरिबाना गर्ने नियम बनाएका छन् ।

शनिबार सिरहा नगरपालिका, १ खुल्ला दिशा मुक्त घोषणा भयो भने लहान नगरपालिका, १० सोमबार खुल्ला दिसा मुक्त घोषणा भयो । अन्य गाउँपालिकामा पनि खुला दिसामुक्त घोषणा अभियान चलिरहेको छ । सरसफाईबारे नागरिकमा सचेतना विकास गराउन अहिले सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकाम सिरहामा सरसफाई अभियान चलिरहेका छन् जसमा महिलाले नै अगुवाई गरिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: