वडाका सबै उम्मेदवार महिला


प्रकाशित मिति :2017-06-21 16:23:21

महिला खबर

प्यूठान । नयाँ शक्ति पार्टी नेपाल प्यूठानले प्यूठान नगरपालिकाको वडा नम्बर ९ मा वडा अध्यक्षमा दलित महिला सहित सबै उम्मेदवार महिला उठाएको छ ।
अध्यक्षमा शारदा बिश्वकर्मालाई उठाएको छ । सदस्य पदमा इश्वरा घर्ति मगर, रिता सुनार, पुनम के.सी र सावित्रि के.सीले उम्मेदवारी दिएका छन् ।

सबै खाले विकृति अन्त्य गरी समृद्धि नमुना महिलामैत्री वडा बनाउने अध्यक्षका उम्मेदवार बिश्वकर्माले बताउनुभयो । ‘प्युठानमा विभिन्न कालखण्डमा धेरै परिवर्तन भए तर, महिला, दलित, अल्पसंख्यक तथा उत्पीडित वर्गको अवस्था परिवर्तन हुन सकेन हामी सक्षम हुँदाहुँदै पनि हामीलाई अबसर बाट बञ्चित गरिएको छ, त्यसैले यो महिलाले केही गरेर देखाउने अवसर हो ।’– शारदाले भन्नुभयो ।

महिला उम्मेदवारलाई विजय गराएर महिलामैत्री नमुना वडा बनाउन समेत उहाँले मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: