बर्षाैदेखि चिसो भुँइमै पढ्छन् दलित विद्यार्थी


प्रकाशित मिति :2017-06-22 10:17:54

-महिला खबर –

काठमाडौं । पुरानो कक्षा कोठा, न झ्याल न ढोका । देख्दा पनि अचम्म लाग्छ । कतै यो विद्यालय त हो भनेर । न त स्कूलमा डेक्स नै छ, न त बेन्च नै । प्रत्येक दिन विद्यार्थीका हातमा एक-एक ओटा बोरा हुन्छन् ।

यस्तै हबिगत छ पर्साको महुवन, ७ स्थित दलित प्राथमिक विद्यालयको । वि.स २०६३ सालमा स्थापना भएको विद्यालय १२ वर्ष वितिसक्दा समेत भौतिक पूर्वधारबिना नै सञ्चालन हुँदै आएको छ ।

विद्यालयमा २ सय १० विद्यार्थी मध्ये ७ जना मात्र गैर दलित छन् । बाँकी सवै दलित समुदायका छन् । बर्खा लागेसगै भूँई चिसो हुँदा विद्यार्थी र शिक्षक दुवैलाई समस्या भएको छ । चिसो भूँईका कारण विद्यार्थीहरु बिरामी समेत हुने गरेको विद्यालयका शिक्षक मनोज रामले बताउनुभयो ।

विद्यालयको चारवटै कोठाको भुँईमा प्लाष्टर छैन, न त झ्यालढोका नै । कोठाको एक साइडमा छानो पनि छैन । बर्षाको समय त्यसमाथि हावाहुरी र पानी पर्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको रामले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाल रामले विद्यालयको समस्या लिएर तीन बर्षदेखि शिक्षा विभागमा धाउदै आएपनि सुनुवाई नभएको बताउनुभयो । ‘विभाग धाउदाधाउदै थाकिसक्यौ, कहि कतै सुनुवाई हुँदैन्, –अध्यक्ष रामले भन्नुभयो ।
विद्यालयका प्रअ जादु शाह तेलीले विद्यालयको समस्या बारे जिल्ला शिक्षा कार्यालय र अन्य सरोकारवालाहरुसगँ पटक– पटक कुरा राखेपनि सुनुवाई नभएको बताउनुभयो ।

विद्यालयको भौतिक पूर्वाधार नहुँदा विद्यार्थीको शैक्षिक विकासमा समेत असर परेको अभिभावकहरुको गुनासो छ । विद्यालय निरिक्षक हरि राउतले भने शिक्षा कार्यालयमा फर्निचरका लागि बजेट नहुँने हुँदा समुदायले नै विकल्प खोज्नुपर्ने बताउनुभयो । विद्यालयमा १ जना स्थायी शिक्षक, ३ जना राहत शिक्षक, एक बाल विकास शिक्षक १ जना कार्यालय सहयोगी रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: