सुनसरीमा ५ सय ७३ दलित महिलाको उम्मेदवारी


प्रकाशित मिति :2017-06-22 12:21:04

महिला खबर

सुनसरी । यहि असार १४ गते हुने स्थानीय तह निर्वाचनमा सुनसरी जिल्लाबाट ५ सय ७३ दलित महिलाले वडा सदस्यमा उम्मेदवारी दिएका छन् । जिल्लाको १२ वटा स्थानीय तहको १ सय २४ वटा वडाको सदस्य पदमा दलित महिलाको उम्मेदवारी परेको हो । उम्मेदवारी दर्ता गराउनेमध्ये एक दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । भोक्राहा गाउँपालिका वडा नम्वर ८ मा विमला देवी मोची सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

सुनसरीका दुई उपमहानगरपालिका मध्ये धरान उपमहानगरमा ९२ जना र इटहरीमा ९९ सय जना दलित महिला उम्मेदवार बनेका छन् । ५ वटा नगरपालिकामध्ये रामधुनी नगरपालिकावाट ४३ जना, दुहवी नगरपालिकाबाट ५५, देवानगञ्ज नगरपालिकामा ३८, इनरुवा नगरपालिकामा ४६ जना र बराह नगरपालिकावाट ४६ जना दलितले वडा सदस्य पदमा उम्मेदवारी दिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरि, कोशी गाँउपालिकाबाट ४४ जना, वर्जु गाँउपालिकावाट ३२ जना, हरिनगरा गाँउपालिकाबाट ३०, भोक्राहा गाँउपालिकाबाट ३१ जना र गढि गाँउपालिकामा ३२ जना दलित महिलाले वडा सदस्य पदमा प्रतिस्पर्धा गर्दैछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: