गाउँपालिका प्रमुखमा २१ बर्षे खिमाको उम्मेदवारी


प्रकाशित मिति :2017-06-22 14:25:32

-महिला खबर –

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट २१ वर्षीय खिमा वि.कले उम्मेदवारी दिनुभएको छ ।

वि.कले नयाँ शक्ति नेपालबाट गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएको हो । उहाँ नयाँ शक्ति नेपालको जिल्ला सदस्य हुनुहुन्छ । प्रमुख पदमा जिल्लाभर कुनै पनि दलित महिलालाई अबसर नदिएपनि नयाँ शक्तिले खिमालाई प्रमुख पदमा उठाएको नयाँ शक्तिका जिल्ला संयोजक तेजेन्द्र थापाले बताउनुभयो ।

उम्मेदवार खिमाले महिलाको न्यायको लागि आफ्नो उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले पनि दलित एवम् अन्य महिलाहरु अन्यायमा परेका छन्, उनीहरुलाई न्याय दिनका लागि मेरो उम्मेद्वारी हो ।

यस्तै जातिय विभेद, लैंगिक विभेदको अन्त्य गर्ने, सन्दर शान्त र समृद्ध गाएँपालिका निर्माण गर्ने, भ्रष्टचार उन्मुख गाउँपालिका बनाउने र स्वरोजगारका कार्यक्रम लागू गर्ने एजेण्डा सहित आफूले उम्मेदवारी दिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिले पनि समाजमा दलित महिला भनेपछि हेला गर्छन् त्यसैले यसलाई तोड्नका लागि मेरो उम्मेदवारी हो । ’ उहाँ सामाजिक काममा समेत सकृय हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: