तालमेलले उपप्रमुख पद पनि खोसियो


प्रकाशित मिति :2017-06-22 14:47:28

खेमा बस्नेत

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा दलहरुबीच तालमेल हुँदा उपप्रमुखको पद पनि गुमाउनु परेका महिला नेताहरुले दोस्रो चरणको निर्वाचनमा पनि निरासा भोग्नुपरेको छ ।

एउटा दलले प्रमुख वा उपप्रमुख मध्ये एक जना अनिवार्य महिला उठाउनुपर्ने बाध्यत्मक व्यवस्था भएपनि तालमेल हुँदा एउटा दलले एक जना मात्र त्यसमा पनि पुरुष उम्मेदवार उठाइदिदा महिलाहरु उम्मेदवारी दिनबाट नै बञ्चित भएका हुन् ।

तालमेल भएपछि प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी घोषणा गरिसकेका महिलाहरुको उम्मेदवारी फिर्ता लिनुपरेको छ । तालमेलमा प्रमुख तिन दल कांग्रेस, एमाले र माओबादीले नै महिलाका पद खोसेका छन् ।

बुटवल उपमहानगरपालिकामा कागं्रेस र माओवादीबिच तालमेल हुँदा दुवै पदमा पुरुषलाई उठाएका छन् ।  प्रमुखमा काग्रेंसका खेलराज पाण्डे । उपप्रमुखमा माओवादी केन्द्रका जगत बहादुर पोखरेल उम्मेदवार बनेका छन् ।

कपिलवस्तुका वाणगंगा नगरपालिकामा नेपाली काँग्रेसबाट उपमेयरका दावेदार विमला गैरे उत्साहका साथ चुनावी प्रचार प्रसार गर्दै घर दैलोमा लाग्नुभएको थियो । तर नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच गठबन्दन भएपछि विमलाको उपमेयरको पद खोसिएको छ ।

माओवादी केन्द्रकी विमला थारु पनि खुसीका साथ थारु महिलाहरूको अगुवाई गर्दै वाणगंगा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिनुभएको थियो । तालमेलले उनको पनि उम्मेदवारी खोसिएको छ । दुवै पार्टीको तालमेलपछि नेपाली कांंग्रेसको मंगल थारु मेयर र माओवादी केन्द्रका टोपनारायण बेल्बासेलाई उपमेयरको उम्मेदवार बनाउने बताइएको छ ।

अर्घाखाँचीका तीन नगरपालिकामा तालमेल हुँदा महिला आउन सकेनन् । सन्धिखर्क नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबिच तालमेल भएको छ । कांग्रेसकी उपमेयरकी उम्मेदवार कमला आचार्य र माओवादीकी कमला भुसाल पार्टीले आफ्नो नाम सिफारिस गरेपछि घरदैलो कार्यक्रममा लागेका थिए तर अन्तिम चरणमा दुवै दलबिचको चुनावी तालमेलले गर्दा दुवै कमलाको उपमेयरको पद खोसियो ।

काग्रं्रेसले उपमेयरमा कमलप्रसाद भुसाल र माओवादीले मेयरमा ठाकुर विकलाई उठाउने चुनावी तालमेल भएको छ । शीतगंगा नरगपालिकामा कांग्रेस र माओवादी केन्द्रले उपमेयरमा सीता पौडेल र सीता अधिकारीलाई उम्मेदवार बनाएर प्रचारप्रसारका कार्यक्रम गर्दै आएको थियो । तर तालमेलपछि कांग्रेसले मेयरमा सूर्यप्रसाद अधिकारी र उपमेयरमा माओवादीले टीका रेश्मीलाई उठायो । तालमेलपछि दुवै सीताले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

भूमिकास्थान नगरपालिकामा कांग्रेसकी सिर्जना थापा र माओवादीकी छमकुमारी खनालकोे नाम हटाएर उपमेयरमा खडानन्द बेल्बासे र माओवादीका मेयर रेशम थापा सघाउने चुनावी तालमेल भयो ।

रुकुमको सिस्ने गाउँपालिकाका काग्रेंस र एमालेलेबिच तालमेल भएको छ । तालमेल हुँदा काग्रेंसबाट अध्यक्षकी उम्मेदवार सरिता बिसि र एमालेबाट उपाध्यक्षकी उम्मेदवारी नुमेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

गाउँपालिकाको अध्यक्षमा एमालेका नन्दलाल शर्मा र काग्रेंसका लक्षीराम घर्तीलाई उपाध्यक्षमा सहयोग गर्ने चुनावी तालमेल भएको छ ।
अछामको बान्नीगढी गाउँपालिका कांग्रेस र माओवादीबीच तालमेल भएको छ । अध्यक्षमा कांग्रेसका राजेन्द्र खड्का र उपाध्यक्षमा माओवादीका लोकेन्द्र साउद उम्मेदवार बनेका छन् । दुवै पार्टीले उपाध्यक्षको नाम अगाडी सारेका थिएनन् ।

मेल्लेख गाउँपालिकामा माओवादीका लोकवहादुर बोहोरा र उपाध्यक्षमा कांग्रेसका धनवहादुर शाह  उम्मेदवार बनेका छन् । तालमेलपछि काग्रेंसकी राधिका अधिकारी र माओवादीकी टंका विक उपाध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिए ।

मोरङको रतुमाई नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा प्रकाश पौडेल र संघीय समाजवादीबाट उपमेयरमा नारायण ताजपुरियालाई सहयोग गर्ने भएको छ । लिलामाया तामाङले माओवादीतर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: