महिला उम्मेदवारका चुनावी एजेण्डा : लैंगिक हिंसामुक्त शहर


प्रकाशित मिति :2017-06-22 15:29:36

विमला घिमिरे

लक्ष्मी भुषाल

पार्वती पाण्डे
कपिलवस्तु । वाणगंगा नागरपालिकाका मेयर पदका उम्मेदवार महिलाले आफ्नो चुनावी एजेण्डा लैंगिक हिंसामुक्त सहर रहेको बताएका छन् । वाणगंगा नगरपालिकामा नेकपा एमालेबाट विमला घिमिरे र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी भुषालले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

घिमिरेले आफूलाई जनताले मत दिए लैंगिक हिंसामुक्त सहर बनाउने बताउनुभयो । महिला राजनिति र सामाजिक काममा अगाडि आउँदा निकै धैरै चुनौतीहरु भोग्नु परेको यर्थात्ता स्वीकार्दै चुनौतीलाई अवसरमा बदल्न सबै महिला जागरुक हुनुपर्ने उहाँको भनाई छ ।

भुषालले एकल महिला, हिंसा प्रभावित महिलाका समस्या समाधानमा आफू लाग्ने बताउनुभएको छ । भुषाल आफू पनि एकल महिला हुनुहुन्छ । उहाँले महिलाका समस्यालाई सम्बोधन गर्न एक पटकलाई महिलालाई नेतृत्वमा पु¥याई सहयोग गर्न मतदातासँग अपिल गर्नुभएको छ । मैले जितेंभने पाँच वर्षमा नगर भित्रका सबै एकल महिलाहरुलाई रोजगारी दिलाउने, उनीहरुका छोराछोरीहरुलाई शिक्षा दिने, नगरलाई लैंगिक हिंसा मुक्त बनाउने उनले प्रतिवद्धता गर्नुभयो ।

६ नगरपालिका र ४ गाउँपालिका रहेको कपिलवस्तु जिल्लामा २ लाख ८६ हजार ५ सय ४८ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमा १ लाख २९ हजार ९ सय ४० महिला मतदाता रहेका छन् । जिल्लामा २ जना तेस्रो लिंगी समेत मतदाता रहेका छन् । २०६८ सालको जनगणना अनुसार जिल्लामा ५ लाख ६९ हजार ८ सय ४४ जनसंख्या रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: