बाख्रापालनको लागि महिलालाई सहयोग


प्रकाशित मिति :2017-06-23 09:00:13

-महिला खबर-

दोलखा । दोलखाको शैलुङ्गेश्वर गाउँपालिका– १ दुधपोखरी र २ भुषाफेदाका एक सय जना विपन्न महिलालाई बाख्रापालनको लागि २६ हजार २ सय नगद तथा खोर निर्माणका लागि १३ हजार ८ सय बराबरको सामग्री सहयोग प्राप्त भएको छ ।

इकार्डस दोलखा र प्लान इन्टनेशनलको साझेदारीमा सञ्चालित जिविकोपार्जन कार्यक्रमले विपन्न महिला पहिचान गरी बाख्रापालनका लागी उक्त सहयोग गरेको इकार्डस दोलखाका कार्यक्रम संयोजक सन्तोष दाहालले बताउनुभयो ।

बाख्रापालनको लागी एक जना बराबर नगद र सामान गरी ४० हजार बराबरको सहयोग गरिएको इकार्डस दोलखाले जनाएको छ । भुकम्पपछि घरबार विहिन भएका विपन्न महिलाहरुको पहिचान गरी आयआर्जनमा टेवा पु¥याउने उदेश्यले नगद सहित सामग्री वितरण गरिएको हो ।

बाख्रापालनको लागी साविकको दुधपोखरी गाविसका ५६ जनालाई र भुषाफेदाका ४४ जनालाई सो रकम वितरण गरिएको इकार्डस दोलखाका कार्यसमिती सदस्य चम्पा लामाले बताउनुभयो । त्यसैगरी साविकको भुषाफेदा गाविसका २२ जना विपन्न महिलाहरुलाई १६ हजार ४ सय ५० रुपैया नगद सहित १ सय १० वटा चल्ला वितरण गरिएको जनाइएको छ ।

शैलुङश्वर गाउँपालिकाको भुषाफेदा, फस्कु, दुधपोखरी, शैलुङश्वरका ३ सय ५० जना विपन्न महिलाहरुको पहिचान गरी नगद र सामान गरी १ करोड ४० रुपैया वितरण भएको इकार्डस दोलखाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: