तरकारीखेतीले आत्मर्निभर बनायो


प्रकाशित मिति :2017-06-23 10:52:08

महिला खबर

बझाङ । केहि वर्ष अगाडी छोराछोरी विरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिडेको सम्झना गर्ने थलारा गाँउपालीका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीवाट आत्मनिर्भर भएकी छन् । गाँउमा पहिलो तरकारी व्यावसाय गरेकी उनले तरकारी विक्री गरेर घर खर्च चलाई सानो खेतमा मातहाल्नु का साथै एक तोला सुन जोड् सफल हुनु भएको छ ।

‘श्रीमानले दोस्रो विवाह गरेर भारत हिडेपछि छोराछोरी पाल्न र घरव्यवहार धान्न साह्रै मुस्कील थियो, घरको छेउको बारीमा भेटीएकी शिबजलाले भनिन् ‘अहिले आम्दानीसगै मन भुलाउने बाटो भएको छ ।’

सय भन्दा बढी घरधुरी संख्या रहेको पिखेत गाँउमा शिवजलाको तरकारी गाउँमै खपत हुन्छ । गाँउ घरमा पहिले पहिले सागसब्जी त्यसै दिने प्रचलन भएकाले सुरुमा शिवजलाले आफ्नो करेसा बारीमा भएको तरकारी विक्री गर्न थाली भनेर खिल्ली गर्थे गाउँलेहरु । अहिले गाउँका अरुले पनि तरकारी खेती गर्न थालेका छन् ।

गाँउको छेउमा रहेको उनको घर वरपर करेसा वारी बनाएकी छन् । परम्परागत खेतीपाती भन्दा अलि फरक गरेर व्यावसायक मुलक खेती गर्न सुरु गरेकी शिवजला हाल यस गाँउकी अगुवा किसानका रुपमा परिचित छन् । उनको मेहनेत र लगनसिलता देखेर ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले तरकारी व्यवसाय सम्वन्धी तालीम, समुह बनाउने, बचत गर्ने, क्षमता विकास जस्ता तालीम दिएपछि अझ काम गरेर खाने आत्मबल बढेको शिवजलाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: