बलात्कारको आरोपमा चार युवाविरुद्ध मुद्दा दायर


प्रकाशित मिति :2017-06-23 12:29:28

राकेश चौधरी

महोत्तरी । औरही क्षेत्रकी एक युवतीलाई बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग सहित विभिन्न जिल्लामा १२ दिनदेखि दबाबमूलक कार्यक्रमहरू भइरहेको थियो ।

बलात्कार घटनाका आरोपीहरु औरही गाँउपालिका २ का २२ वर्षीय सुनिल साहलाई घटना भएकै दिन पक्राउ गरिएको थियो भने २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पंजियार र २० वर्षीय सुरेश यादवलाई हिजो पक्राउ गरिएको हो । पक्राउसगै चारै जनामाथि जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । १२ दिन अघि औरही बजारबाट साँझ घर फर्कने बेलामा ती युवतीमाथि सामूहिक बलात्कारको घटना भएको थियो ।

बलात्कार आरोपीलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएकोमा अधिकारर्मीहरुले सकरात्मक रूपमा लिएका छन् । महोत्तरीमा यस आर्थिक वर्षमा आधा दर्जन बलात्कारका घटना भइसकेको छ । अदालतमा सामूहिक बलात्कार साबित अधिकतम १२ वर्षसम्म सजाय एवं उचित क्षतिपूर्ती भराउन सक्ने व्यवस्था रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: