द्वन्द्वपीडित महिलाको घाउमा मलम लगाउन हाम्रो उम्मेदवारी


प्रकाशित मिति :2017-06-23 14:29:10

रुपा गहतराज

नेपालगंज । मुख्य तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले बाँकेमा द्वन्द्वपीडित एकल महिलालाई उम्मेदवार बनाएका छन् । स्थानीय तहको उम्मेदवार बनेपछि द्वन्द्वपीडित एकल महिलाहरु द्वन्द्वले जन्माएको पीडा बिर्सदै चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले आफु जस्तै पीडितको घाउमा मलहम लगाउन उम्मेदवारी दिएको बताएका छन् ।

खजुरा गाउँपालिकाको उपप्रमुखमा एमालेबाट द्वन्द्वपीडित तथा एकल महिला एकमाया विकले उम्मेदवारी दिएकी छन् । विकले आफुले द्वन्द्वपीडित तथा एकल महिलाका लागि विषेश कार्यक्रम ल्याउने बताइन् । ‘द्वन्द्वपीडित तथा एकल महिला व्यथा मैले महसुस गरेकी छु । अर्काको सहारामा बस्नुपर्ने बाध्यता टार्न विशेष नीति तथा कार्यक्रम ल्याउने छु । एकल महिलाको निःशुल्क स्वास्थ्य, रोजगारीको व्यवस्था र छोराछोरीलाई स्नातकसम्मको निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था ल्याउने छु’ विकले भनिन् । नेपाल प्रहरीमा कार्यरत विकका श्रीमान माओवादी द्वन्द्वकालमा भिडन्तमा मारिएका थिए ।विकले एकल महिलालाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न विशेष कार्यक्रमक, एकल महिलालाई पनि जेष्ठ नागरिकसरह सामाजिक सुरक्षा भत्ताको व्यवस्था र एकल महिलालाई आत्मनिर्भर बनाउने विभिन्न कार्यक्रम ल्याउने बताईन् ।

माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको उपप्रमुखमा देवीकुमारी चौधरीले उम्मेदवारी परेको छ । चौधरीले जनयुद्धका क्रममा परिवारका सदस्य, अभिभावक गुमाएका एकल महिला तथा द्वन्द्वपीडितका लागि राहतको कार्यक्रम ल्याएर दुखिरहेको घाउमा मलम लगाउने बताइन् । चौधरीले एकल महिलाले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुका साथै, एकल महिलालाई रोजगारीको व्यवस्था र उनीहरुका अधिकार स्थापितका लागि नीतिगत व्यवस्था गर्ने बताईन् । ‘जनयुद्धका क्रममा अभिभावक र श्रीमान गुमाएका पीडितहरुको आर्थिक,सामाजिक अवस्थामा सुधार गर्ने आयमुलक कार्यक्रम, एकल महिलाका बालबालिकालाई निःशुल्क शिक्षा, स्वास्थ्य सेवा र जीवन निर्वाहको ग्यारेन्टी गरिनुका साथै उनीहरुको संरक्षण गरिने व्यवस्था गर्ने मैले उम्मेदवारी दिएकी हु’चौधरीले भनिन् ।माओवादीमा लागेको भन्दै सुरक्षाकर्मीले उपप्रमुखका उम्मेदवार चौधरीको परिवारलाई यातना दिने र बहिनीलाई बेपत्ता बनाएका थिए ।

एमालेले द्वन्द्वपीडित शोभा विसीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० को खुला सदस्यको उम्मेदवारी बनाएको छ भने नेपाली कांग्रेसले वसन्ता जोशीलाई महिला सदस्यमा उठाएको छ । त्यसैगरी, गोमा थापालाई एमालेले कोहलपुर नगरपालिकाल वडा नं.१० को वडा सदस्यमा उठाएको छ ।एमालेबाट सरस्वती शर्मा नेपालगन्ज उपमहानगरपालिका वडां.१ को महिला सदस्यमा र रमा गहतराज दलित महिला सदस्यको उम्मेदवार बनेका छन् । यसैगरी कृष्णा सिहं नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.४ , बिन्दा खरेल, ममता भियाल र कोहलपुर नगरपालिका वडा नं.२, लक्ष्मीया थारुवडा नं.१५ बाट वडा सदस्यमा उम्मेदवारी दिएका छन् । द्वन्द्वपीडित तथा एकल महिला सञ्जालका अनुसार ११ जना एकल महिला उम्मेदवारी परेको बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: