निर्वाचन सरेपछि सिराहाका महिला उम्मेदवार र मतदाता निरास


प्रकाशित मिति :2017-06-23 16:04:38

यमुना खनाल

सिराहा । बिहान सबैरैदेखि पार्टीको बैठक, कार्यकर्ता भेटघाट, प्रचार प्रसारमा व्यस्त हुने सरियार चौधरी हिजोआज फुर्सदिलो हुनुभएको छ । उहाँलाई नेकपा एमालेले लाहान नगरपालिकाको मेयरमा टिकट दिने निश्चित भएको थियो । प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेको लागि सरेपछि उहाँ फुर्सदिलो मात्रै होइन निरास पनि हुनुभएको छ ।
पटकपटक चुनाबको मिति सर्दा लामो प्रचार प्रसारले खर्च बढाएको उहाँले बताउनुभयो । साथै वर्षात्को समय र गाउँमा किसानीको चटारोले जनतासँग भेटघाट पनि कठिन हुने उहाँले सुनाउनुभयो ।

लहान नगरपालिका नेकपा माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार रिक्मा बिक पनि चुनाब सरेपछि अहिले निरास हुनुहुन्छ । चुनाबी प्रचार प्रसार तथा घर दैलोमा दुई अढाई महिना लागे पनि मनोनयनको मुखमा आएर चुनाब सर्दा खिन्न भएको बताउनु हुन्छ । चार पटकसम्म चुनाब सरेकाले अब जनतालाई फेरी चुनाब हुने हो कि होईन भन्ने दुबिधा भएको उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसको तर्फबाट सिरहाको पतारी गाउँपालिकाको उपाध्यक्ष पदमा चाहना राखेकी निर्मला चौधरीलाई पार्टीले जतिसक्दो छिटो उम्मेदवारको टुंगो लगाओस् भन्ने चाहना थियो । उहाँ निरन्तर प्रचार प्रसार तथा घर दैलोमा हिँड्नुभएको थियो । तर, अहिले चुनाबको उत्साह मरेको छ । आसपासका जिल्लामा चुनावी रौनक भएपनि सिराहा सुनसान प्रायः छ । निर्मलाले भन्नुभयो – मनोनयनको दिन नजिकिँदा उत्साहित थियौं । तर चुनाब नै सर्यो । चुनाब सरेपछि निरास बनाएको बनाएको छ ।’

संघीय समाजवादी फोरमको तर्फबाट लहान नगरपालिकामा उपमेयरकी प्रत्यासी रिता महतो भने निर्वाचन सरेकोमा निराश र उत्साहित दुबै हुनु हुन्छ । आन्दोलनबाट चुनाबमा आफ्नो पार्टी आएकोले संगठन बिस्तार गर्ने समय पाएकोले उहाँलाई खुसी लागेको छ । यद्यपी, अन्य प्रदेश विकास तर्फ अगाडी बढी सक्दा हामी बल्ल चुनाबको तयारी गर्नुपर्ने भएकोले उहाँलाई दुःख पनि लागेको छ ।उम्मेदवार मात्रै होइनन् प्रदेश नम्बर २ को निर्वाचन सरेकोमा यहाँका मतदाता पनि खिन्न भएका छन् । सिरहाको लहान नगरपालिका वडा नं. १० की सृजना रेग्मीलाई देशका अन्य ठाँउमा जनप्रतिनीधि छानि सक्दा आफ्नो ठाँउमा चुनाबै नभएको प्रति सारै नराम्रो लागेको छ । उहाँले भन्नुभयो – अन्य प्रदेशमा स्थानीय विकासकोृ योजना पारित भई सक्छन् । हामी चाँही पछि पुग्यौ ।’

लहान नगरपालिका वडा नं. १ की सुनिता शाह पनि मतदान गर्न नपाएकोमा निरास हुनु हुन्छ । स्थानीय तहको निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेकी शाहले नयाँ जनप्रतिनिधि छान्न मतदान गर्नेचाहाना भएपनि चुनाब सर्दा खिन्न लागेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: