उर्लावारीमा महिलाले प्रमुख पदमा अवसर पाएनन्


प्रकाशित मिति :2017-06-23 16:07:11

महिला खबर

सुनसरी । मोरङकोे उर्लावारी नगरपालिकामा कुनै पनि दलले महिलालाई प्रमुख पदमा उम्मेदवार बन्ने अवसर दिएका छैनन् । महिलालाई उपप्रमुखमा मात्र सीमित गरिएको छ । उर्लाबारी नगरपालिकाको प्रमुखमा आठ जना प्रतिष्पर्धी छन् । ती सबै पुरुष हुन् । उपमेयरमा सात जना महिला उम्मेदवार छन् । उपमेयरमा एक जना स्वतन्त्र उम्मेदवार पुरुष छन् ।

यसै गरी, नौ वडा अध्यक्ष पदमा विभिन्न दलका ५० जना उम्मेदवार छन् । त्यसमा महिला दुई जनाले मात्रै उम्मेदवारी दिएका छन् । नेकपा एमालेले एक जना र नयाँ शक्ति पार्टीले एक जना महिलालाई वडा अध्यक्षको उम्मेदवार बनाएको हो । उर्लाबारी–६ मा नेकपा एमालेबाट मीरा भट्टराई र नयाँ शक्ति नेपालबाट बिमला नेपाल वडाध्यक्षका उम्मेदवार बनेका छन् ।

उपमेयरमा नेपाली काँग्रेसले सीता कार्की, नेकपा एमालेले लक्ष्मी भण्डारी, माओवादी केन्द्रले धनमाया धिमाल, राप्रपाले हरिमाया खनाल, संघीय समाजवादी फोरम नेपालले सावित्रा याख्खा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान परिषद्ले रामकुमारी लिम्बु र जनजागरण पार्टीले मनु लावतीलाई उठाएका छन् ।

उपमेयरमा उम्मेदवारी दिएका मध्ये महिला विजयी हुने निश्चित जस्तै देखिएको स्थानीयको दाबी छ । मुख्य रूपमा नेपाली काँग्रेसकी सीता कार्की र नेकपा एमालेकी लक्ष्मी भण्डारीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: