आमा–छोरी नै उपमेयरको उम्मेदवार


प्रकाशित मिति :2017-06-23 16:29:46

लिलाराज भट्टराई

सुनसरी । झापामा आमा छोरी नै एउटै दलबाट उपमेयरको उम्मेदवार बनेका छन् । आमा तारा भुर्तेल भद्रपुर उपमहानगरमा र छोरी दुर्गा भुर्तेल मेचीनगर नगरपालिकामा नेपाली काँग्रेसबाट उपमेयरको उम्मेदवार बन्नुभएको हो ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा नै जनप्रतिनिधि भइसक्नुभएको तारा नेपाली काँग्रेस महासमिति सदस्य हुनुहुन्छ । उहाँ भद्रपुर नगरपालिकामा वडाध्यक्ष हुनुहुन्थ्यो । आफू यसअघि पनि जनप्रतिनिधि भइसकेको कारण चुनाव जिते भद्रपुरलाई नमूना नगर बनाउने आमा ताराको योजना छ । भद्रपुरका जनताको सुख दुःखमा लामो समयदेखि सँगै रहेका कारण भद्रपुरको समस्या के हो भन्ने कुरा आफूले मज्जैले वुझेको उहाँले वताउनुभयो ।

छोरी दुर्गा भुर्तेल पनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ नेपाल महिला संघ झापा क्षेत्र नम्वर १ को पूर्व सभापति समेत हुनुहुन्छ । दुर्गाले आफू विजयी भए मेचीनगरमा युवा र महिलाका लागि विशेष स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने बताउनुहुन्छ । युवालाई नगरमै रोजागारीको वातावरण सृजना गरेर विदेश जानु नपर्ने अवस्था सृजना गर्ने उहाँको योजना छ । आफै उम्मेदवार भएका कारण आमा लाई चुनाव प्रचारमा सघाउन नपाएको दुर्गाले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: