नौं पूर्वकमलरीले दिए उम्मेदवारी


प्रकाशित मिति :2017-06-23 16:43:29

महिला खबर

काठमाडौं । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बर्दिया र कैलाली जिल्लाबाट नौं जना पूर्वकमलरीले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । कैलालीबाट २ र बर्दियाबाट ७ जना पूर्व कमलरीले उम्मेदवारी दिएका हुन् ।

बर्दियाको राजापुर नगरपालिकामा कृष्णीकुमारी थारूले एमालेबाट उपमेयरमा उम्मेदवारी दिनुभएको छ । कृष्णीकुमारी ७ वर्षको उमेरदेखि कमलरी बस्नुभएको थियो । उहाँले १५ वर्षको उमेरसम्म कमलरी भएर काम गरेको बताउनुभयो । आफुजस्तै धेरै कमलरीको जिवन फेर्न उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ ।

त्यसैगरी कैलालीका पूर्वकमलरी वसन्ती चौधरी र कौशिला चौधरीले उम्मेदवारी दिएका छन् । मुक्तकमैया, कमलरी तथा हलिया प्रथा उन्मुलनका अभियन्ता समेत रहेका चौधरी द्वयले नयाँशक्ति पार्टीबाट उम्मेदवारी घोषणा गरेका हुन् । कौशिलाले कैलालीको गौरीगंगा नगरपालिकाको उपमेयर र वसन्तीले कैलारी गाउँपालिकाको वडा नं. ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएनुभएको हो ।

पूर्वकमलरीहरुले वडा सदस्यमा पनि उम्मेदवारी दिएका छन् । राजापुर नगरपालिका वडा नं.२ मा पूर्वकमलरी बन्दना थारूले नेकपा एमालेको तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ । उहाँले २ वर्षसम्म कमलरी भएर काम गर्नुभएको थियो ।

सोही वडामा पूर्वकमलरी वसन्ती चौधरीले नेकपा माओवादी केन्द्रबाट महिला सदस्यको उम्मेदवारी दिनुभएको छ । उहाँले १५ वर्षसम्म कमलरी भएर काम गर्नुभएको थियो ।

त्यसैगरीे राजापुर, ४ मा लक्ष्मी थारूले काँग्रेसबाट र सुरतिया थारूले माओवादी केन्द्रबाट महिला सदस्यमा उम्मेदवारी दिएका छन् । सोही नगरपालिकाको वडा नं.६ मा संगीता थारूले एमालेका तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ । बढैयाताल गाउँपालिका वडा नं.४ ठुन्नी थारू एमालेबाट महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

तस्वीर:ठाकुरसिंह थारु/ बर्दिया

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: