खोज पत्रकारिता तालिम सुरु


‘न्यायमा पहुँच’

प्रकाशित मिति :2017-06-23 16:55:46

महिला खबर

दोलखा । जुरी नेपाल र इह्रीकनको साझेदारी तथा सञ्चारिका समूहको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा ‘महिला र बालबालिकाको ‘न्यायमा पहुँच’ विषयक खोज पत्रकारिता तालिम सुरु भएको छ । तालिममा हिंसा र पत्रकारिता, विषयवस्तुको पहिचान, महिला हिंसाको अवस्था र कानुनी प्रावधान लगाएतका विषयमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउले र सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले प्रशिक्षण दिनुभएको छ ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक र नुवाकोटका १५ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाँउले, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, पूर्व अध्यक्ष राजेन्द्र मानन्धर, सञ्चारिका जिल्ला संयोजक सर्मिला बुढाथोकी र पत्रकार विनिता शिवाकोटीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: