भुकम्पपछि महिला, बालबालिका र बृद्धबृद्धा बढी प्रभावित


प्रकाशित मिति :2017-06-25 11:24:03

-सर्मिला बुढाथोकी-

दोलखा । भूकम्पपछि महिला, बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् । भूकम्पपछि बाबुको पहिचान नभएको, बाबु बेपत्ता भएको, बाबु आमा दुवै नभएको जस्ता अवस्थामा महिला तथा किशोर किशोरीहरुलाई नागरिकता लिन समेत समस्या हुने गरेको अधिकारकर्मीहरुले बताएका छन् ।

महिला तथा बालबालिका कार्यालयका सुर्जा दहाल, महिला अधिकारकर्मी सिर्जना कार्की, मानव अधिकारकर्मी कुमार लगुन लगाएतले भुकम्प पछि महिला तथा बालबालिकाहरु बढी जोखिममा रहेको, पुर्ननिर्माणको काममा एकल महिला, श्रीमान विदेशमा रहेका महिला, बृद्धबृद्धालाई समस्या हुने गरेको बताएका थिए ।

युएसएआईडि र दी एसिया फाउण्डेशनको सहयोगमा इन्हुरेड इन्टरनेशनलले आयोजना गरेको लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि जिल्ला स्तरीय परामर्शमा उनीहरुले सो कुरा बताएका हुन् ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले स्थानिय तहको निर्वाचनपछि जनप्रतिनिधिहरुले भुकम्प पीडित जनताको समस्या, महिला तथा बालबालिकामा देखिएको समस्या, लैङ्गिक समानताको अवस्था जस्ता विषयमा गहन अध्यन र समाधानको उपाए खोजिरहेको उल्लेख गर्नुहुदै कानुनी तथा आर्थिक रुपमा जनप्रतिनिधिहरु अधिकार सम्पन्न भएपछि समाधानको लागि पहल सुरु गर्ने बताउनु भयो । नगरप्रमुख केसीले जनप्रतिनिधिसंग जनताले धेरै अपेक्षा गरेको भएपनि कानुनी र आर्थिक अधिकार प्राप्त भै नसकेकोले तत्काल सबै समस्याको सम्बोधन गर्न भने नसकिने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले नयाँ संविधानमा बंशजको परिभाषा भित्र बाबु वा आमा भन्ने रहेकोले अब बाबु नभएको या बेपत्ता भएकै कारण कोहि पनि नेपाली नागरिकताबाट बञ्चित हुनुपर्ने अवस्था नरहने बताए । पुर्ननिर्माण प्राधिकरणका दोलखा प्रमुख सागर आचार्यले सरकारले हरेक भुकम्प पीडितलाई सहयोग गर्ने लिएको उल्लेख गर्नुहुदै विगतमा लाभग्राहिको सूचिमा नाम छुट भएकाहरुलाई समावेश गर्न पुर्नसर्वेक्षणको काम भैरहेको जानकारी दिए । अब पुर्ननिर्माणको कामको जिम्मा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिलाई दिने तयारी भैरहेकोले सबै पीडितको सहज पहिचान हुने र राहत पाउन समेत सहज हुने उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: