छुवाछुत मुक्त वडा घोषणा


प्रकाशित मिति :2017-06-25 13:46:19

-महिला खबर- 

काठमाडौं । समाजमा छुवाछुतका घट्नाहरु बढिरहेको बेला कास्कीको माछापुच्छ्रे गाउँपालिकाका २ वडालाई भने छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिकाको वडा नं ८ र ९ लाई शनिबार एक समारोहकाबीच छुवाछुत मुक्त वडा घोषणा गरिएको हो ।  कार्यक्रममा सांसद तेजकुमारी पौडेलले संविद्यानमा उल्लेख भएका अधिकारहरु कार्यान्वयनमा ल्याउन सके पिछडिएका जातिको अधिकार सुनिश्चित हुने बताउनुभयो । उहाँले जातिय छुवाछुतलाई युवा पुस्ताले आवाज उठाएर समाज रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

दलित समन्वय समिति कास्कीका उपाध्यक्ष दुर्गा बहादुर सुनारले समाजमा रहेका छुवाछुत जस्ता रुढिवादी परम्परा त्याग्नुपर्ने बताउनुभयो । नेपाल दलित मुक्ति मोर्चा प्रदेश नं. ४ का संयोजक भिम बहादुर वि.ले समाजमा रहेको विभेदलाई अन्त्य गर्दै सभ्य समाजको निर्माण गर्नुपर्ने बताउनुभयो । अधिवक्ता शिव सुनारले छुवाछुतका घट्ना बढ्दै गएको भन्दै त्यसको विरुद्धमा लाग्न आग्रह गर्नुभयो ।  महिला अधिकारकर्मी सरु सुनारले हिंसामा परेका व्यक्तिलाई सहयोग गर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: