जहाँ मतदाता त्यहाँ उम्मेदवार


प्रकाशित मिति :2017-06-25 13:53:43

महिला खबर

काठमाडौं । सात नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनको चहलपहल बढेको छ ।

चुनावको मिति असार १४ गते नजिकिएसगै उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलो हुदै खेतबारीमै पुग्न थालेका छन् । कामको सिजन लागिसकेकाले धेरैजसो महिलाहरु कामको लागि खेतबारीमा जाने भएकाले महिला उम्मेदवार खेतबारीमै पुग्न थालेका हुन् ।

धनगढी उपमहानगरपालिकामा कागं्रेसबाट उपमेयरका उम्मेदवार सुशीला मिश्र भट्टले कृषकको समय अनुसार कृषक कहाँ भोट माग्न जाने गरेका बताइन् ।

‘हामीले हाम्रा एजेण्डा लिएर मतदाताको समय अनुसार भोट माग्न जाने गरेका छौ । अहिले कृषकहरु दिनभरी खेतमा नै व्यस्त हुने भएकाले साझँ र बिहान कृषक मतदाता कहाँ जाने गरेका छौ भने खेतबारीमा गएका मतदाताहरुसम्म हामी भोट माग्न खेतबारीमै पनि पुगेका छौ’ भट्टले भनिन् ।

एमाले तर्फबाट उपमेयरको उम्मेदवार रुकमणी देवकोटाले जहाँ मतदाता छन् उही पुग्ने गरेको बताउनुभयो । ‘यो कामको सिजन भएकाले घरमा मतदाता कम भेटीने हुँदा मतदाता जहाँ भेटिन्छन् हामी त्यही पुग्ने गरेका छौ’ देवकोटाले भनिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरकी उम्मेदवार जनककुमारी कुवँरले मतदाता अहिले खेतबारीमा भेटिनी भएकाले आफू खेतबारीमै गएर भोट माग्ने गरेको बताइन् । ‘मतदाता अहिले खेतबारीमै भेटिनछन् । हामी खेतबारीमै पुगेर कृषकसंग काम गदै भोट माग्ने गरेका छौ’कुवँरले भनिन् ।

उपमेयरका उम्मेदवार मात्र नभएर वडा सदस्य समेत मतदाताको मत माग्न खेतबारीमा पुग्ने गरेका छन् ।

‘घरमा भेटिने मतदातालाई घरमै गएर पनि मत माग्ने गरेकी छु । कामको सिजन सुरु भइसकेकाले धेरैजसो मतदाता खेत बारीमा पनि भेटिने गरेकाले त्यही गएर पनि मत मागेका छौं’ नेपाली काँग्रेसको तर्फबाट धनगढी उपमहानगरपालिका वडा नम्बर १ का महिला सदस्य कल्याणी सिंहले भनिन् । २०४८ सालदेखि नेपाल नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टीमा प्रवेश गरेकी सिंह मतदाताबिच लोकप्रिय छिन् । उनले वडाको विकास र महिला शसक्तिकरण,शिक्षा स्वास्थ्य आफ्नो प्राथमिकतामा राखेको बताईन् । साथै आफुले जितेमा आफुले गरेको बाचाँ पुरा गर्ने बताईन् ।

वडा नम्बर १ बाट महिला सदस्यमा कल्याणी सिंह र दलित महिला सदस्यमा विमला जैरु उम्मेदवार छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: