हेलिकप्टरबाट गर्भवतीको उद्धार


प्रकाशित मिति :2017-06-25 16:48:36

-प्रकाश सिंह-

बाजुरा । जिल्लाको उत्तरी भेग पाण्डगुफा गाउँपालिका ४ गोत्रिकी फुलटुक्का ढोलीले चार दिनको सुत्केरी व्यथापछि आइतबार बच्चा जन्माइन् ।

ब्यथा लागेको तिन दिनसम्म बच्चा जन्माउन नसकेपछि उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयले सिम्रीक एयरको हेल्किप्टरबाट नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा पुरयाएर बच्चा जन्माउन सफल भएको हो ।

४० बर्षिया ढोगीको यो छैटौ सन्तान हो । तीन सन्तानको जिल्लामा राम्रो सुत्केरी सेवा राम्रो नहुदा मृत्यु भएको थियो । गोत्रि सदरमुकाम मार्तडीबाट दुई तिनको दुरीमा रहेको विकट ठाँउ हो ।

पाठेघर खुलेपनि बच्चा बाहिरा निस्कन समस्या भएपछि स्वास्थ्य बिभाग र क्षेत्रिय स्वास्थ्य निर्देशनालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यलय बाजुराले उद्धार गरेको जिल्ला स्वास्थ्य प्रमुख डा. रुपचन्द्र विश्वकर्माले वताउनुभयो । मेसिन लगाएर बच्चा निकाल्न सफल भएपनि अबस्था भने जटिल रहेको जनाएको छ । आमाको अबस्था राम्रो रहेको डा. विश्वकर्माले वताउनुभयो ।

हेल्किप्टर ४ लाख ५० हजारमा चार्टर गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गरिबलाई पनि सरकारले यस्तो ठूलो सहयोग गरेको भन्दै फुलटुक्काकी श्रीमान जयलालले सरकारलाई धन्यवाद दिए । उनीहरुको आर्थिक अवस्था ज्यादै नाजुक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: