मेयरकि एक्ली उम्मेदवार तेस्रो लिङ्गी गीता


स्वरोजगार पहिलो प्राथमिकता

प्रकाशित मिति :2017-06-25 16:14:46

महिला खबर

काठमाडौं । नवलपरासीको रामग्राम नगरपालिकामा तेस्रो लिङ्गी गीता शैथवार (५१) मेयरकी उम्मेदवार हुन् ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा तेस्रो लिङ्गी समुदायबाट मेयरमा उम्मेदवारी दिने उनी एक्ली हुन् । आफू मानव भएर पनि समाजमा अरु मानवले पाउने व्यवहार र हकअधिकार नपाएकोले आफ्नो समुदाय लगायत पिछडी परेका समुदायको उत्थानका लागि आफूले उम्मेदवारी दिएको गिता बताउछिन् ।

‘तेस्रो लिङ्गी समुदायको लागि कानुनमा त धेरै कुरा लेखेको छ । तर व्यवहारमा हामीले त्यस्तो पाएका छैन । त्यसैले समाजमा सम्मानपूर्ण व्यवहार, नागरिकता, अशं, जन्मदर्ता, विवाह र तेस्रो लिङ्गीहरुलाई रोजगारीको ग्यारेण्टी गर्ने मेरो प्रथमिकता हो’ गिताले भनिन् ।

आफु मेयरमा जितेमा ग्रामिण बस्तीसम्म कालोपत्र, हरियाली नगर बनाउने, सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्ने र नगरलाई पर्यटकीय क्षेत्र बनाउने उनले बताईन् । गिता नेकपा माले, मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार हुन् ।

रुपेन्देही तिलोत्तमा नगरपालिका वडा नं.८ को वडा अध्यक्षमा भने तेस्रो लिंगीबाट आनकी राणा उठेका छन् । उनी नयाँशक्तिबाट वडा अध्यक्षको उम्मेदवार बनेकी हुन् । पहिलो चरणको निर्वाचनमा काठमाडौं वडा नं.१० मा नयाँशक्तिबाटै सदस्यमा तेस्रो लिङ्गी दिपेश उठेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: