घरदैलो एउटाले गर्‍यो टिकेट अर्कैले पायो


प्रकाशित मिति :2017-06-25 17:00:38

इन्द्रसरा खड्का

बैतडी । स्थानिय तहको दोस्रो चरणको निर्वाचनको मिति घोषणा भएसगैँ बैतडीको पुर्चौडी नगरपालिकाको उपमेयर पदका लागी मिना धानुकको नाम निकै चर्चामा थियो ।

महेन्द्रनगरबाट चुनावको लागी भन्दै बैतडी पुगेकी उनी नगरपालिकाको उपमेयरका लागी आफ्नो उम्मेदवारी तय भएको भन्दै प्रचार्रसारमा जोडतोडले लागिन् । भोट माग्न घरघरमा समेत पुगेकी थिइन् । तर काग्रेंस बैतडीले क्रेन्दीय समितिमा उनको नामसगै उत्तरा नेपाल सार्कीको नाम पनि सिफारिस ग¥यो ।

प्रचार प्रसारको अभियानलाई तिब्र बनाएकी मिनाको सपना तब टुट्यो जब केन्द्रीय समितिको अन्तिम निर्णयमा मिना धानुकको ठाउँमा उत्तरा नेपाल सार्कीको नाम आयो । ‘पार्टीमा लामो समय सघंर्ष गरे अहिले पार्टीले अर्को व्यक्तिलाई उम्मेदवार बनायो । मलाई निकै दुखः लाग्यो अहिले पार्टीले माओवादीको जनमुक्ति सेनाबाट प्रवेश गरेका व्यक्तिलाई उम्मेदवार बनायो । मेरो लामो समयको सघंर्ष पार्टीले बुझेन मलाई धोका दियो’ मिनाले भनिन् ।

मिनाले चुनावका लागि भन्दै कञ्चनपूरमा रहेको जग्गा समेत बेचेकी रहेछिन् । चुनावका लागि झण्डै ६ लाख रुपयाँ खर्च गरका उनले टिकट नपाएपछि निरास बनेको सुनाईन् । कागं्रेस बैतडीका अध्यक्ष नरेन्द्र थापाले मिनाको नाम सिफारिस गरेर पठाएपनि केन्द्रले टिकट नदिएको बताए । उनले मिना २०६० सालदेखी क्रियाशिल रुपमा पार्टीमा आवद्ध रहेको बताए ।

‘मिना अहिले जिल्ला सदस्य हुन् । २०६० सालबाट पार्टीमा क्रियाशिल छन् । तर टिकट भने उनले पाइन्् । हामीले उनको नाम सिफारिस गरेर पठाएका हौ तर केन्द्र दिएन’ अध्यक्ष थापाले भने । अध्यक्ष थापाका अनुसार उत्तरा माओवादी केन्द्रवाट काग्रेंसमा प्रवेश गरेका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: