‘एकल महिलालाई सिपमुलक तालिम‘


प्रकाशित मिति :2017-06-25 17:09:35

-पार्वती पाण्डे-

कपिलवस्तु । वाणगंगा नगरपालिका कपिलवस्तुका मेयरकी उमेदवार विमला घिमिरेले एकल महिलालाई सिपमुलक रोजगारी दिलाउने बताउनुभएको छ ।

मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुले ७ औँ अन्र्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेकपा एमालेबाट मेयरको उमेदवार बन्नु भएकी घिमिरेले पाँच वर्ष भित्रमा वाणगंगा नगरपालिकालाई मुलुककै नमुना नगरपालिका बनाउने बताउनुभयो । उहाँले नगर भित्रका सबै एकल महिलालाई सिपमुलक कार्यक्रम मार्फत रोजगारी दिलाईने प्रतिवद्धता समते जनाउनुभयो । वाणगंगालाई लैंगिक हिंसा मुक्त गर्ने, एकल महिलालाई आर्थिक रुपले सक्षम बनाउने खाका आफूले ल्याएको उहाँको भनाई छ ।

प्रेस चौतारीका केन्द्रीय सदस्य पार्वती पाण्डेले एकल महिलाका समस्याहरुलाई सम्बोधन गर्न राज्यले ढिलाई गर्न नहुने बताउनुभयो । स्थानिय तह दोस्रो चरणको निर्वाचनमा महिला उमेदवारहरुलाई जिताउन सबै लाग्नु पर्ने उहाँको तर्क थियो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले महिला नेतृत्वलाई जिताएमा एकल महिलाका समस्या समाधान गर्न सहज हुने बताउनुभयो ।

एकल महिला रुपा गुरुङले महिलाका हक अधिकार स्थापित गर्न महिलालाई जिताउनु पर्ने तर्क राख्नुभएको थियो ।
समुहका अध्यक्ष कल्पना महतको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शुसिला खनालले एकल महिलाका सवालमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थिय

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: