यस्ता छन् विराटनगर महानगरकाका उपमेयरका चुनावी एजेण्डा


प्रकाशित मिति :2017-06-25 17:19:30

लिलाराज भट्टराई

सुनसरी । विराटनगर महानगरपालिका दोस्रो चरणको निर्वाचन हुने एक मात्र महानगरपालिका हो । त्यसैले पनि यस महानगरपालिकाको भावी नेतृतव कस्तो हुने भन्नेमा सवैको चासो छ ।

महानगरपालिकाको मेयर पदमा महिला आउन नसकेपनि उपमेयरमा भने सवैजसो दलले महिलालाई उम्मेदवार बनाएका छन् । यदापि महानगरपालिककै उपमेयर भएकाले उनीहरुप्रति जनताको चासो बढी नै छ । त्यसैले उपमेयरका महिला उम्मेदवारहरु पनि एजेण्डाका साथ चुनावी मैदानमा छन् । सवैले विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी वनाउनु रहेको छ । मुख्यतया तीन जना महिला उपमेयरका उम्मेदवारबिच कडा प्रतिष्पर्धा देखिन्छ ।

महानगरपालिकामा नेपाली कांग्रेसबाट इन्दिरा कार्की, माओवादी केन्द्रबाट नमिता न्यौपाने र लोकतान्त्रिक फोरमबाट सुचि चौधरी उपमेयरका उम्मेदवार छन् ।

प्रदेश नम्वर एकको राजधानी वनाउने छु

इन्दिरा कार्की

म विद्यार्थी कालदेखि नेपाल विद्यार्थी सँघमा सँगठित थिए । नेपाली कांग्रेसको वडाको साधारण सदस्य हुँदै वडा सभापति, जिल्ला सहसचिव र महासमिति सदस्यका रुपमा काम गरिसकेकी छु । अहिले म महासमिति सदस्य छु । मैले विराटनगरलाई प्रदेश नम्वर एकको राजधानी वनाउने परिकल्पना गरेकि छु । नगरलाई हिंसा मुक्त विराटनगर वनाउन पहल गर्ने,अन्यायमा परेका महिलालाई न्यायको पहुचमा पु¥याउने, विराटनगरलाई सुन्दर,हराभरा,वन्द हडतालमुक्त वनाउने,शिक्षा,स्वास्थ्य,उद्योग,खानेपानीकालागि विशेष योजना वनाएर ती क्षेत्रको विकास गर्ने मेरोे योजना छ ।

सुशासन भ्रष्टाचार नियन्त्रण

नमिता न्यौपाने

म कक्षा ७ मा पढ्दै नै एमाले अखिलको प्रारम्भिक कमिटिमा संगठित भए । म अखिलको इकाई र क्षेत्री सदस्य हुँदै केन्द्रीय सदस्य समेत हु । म ०६३ सालमा माओवादीमा प्रवेश गरे ०६८ सालसम्म अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य बने र मोरङ क्षेत्र नं ७ को सचिवको काम भएर काम गरे । अहिले माओवादी केन्द्रको केन्द्रीय आयोजक समितिको सदस्य र बिराटनगर महानगरपालिका कमिटि संयोजक छु ।
भौतिक पूर्वाधाको निर्माण, सुशासन भ्रष्टाचार नियन्त्रण,सामाजिक न्याय सहितको मानवीय विकास र आर्थिक सम्वृद्धि मेरो प्रथमिकता हो । त्यसका साथै गरिवी न्यूनिकरण,उद्योग व्यवसायको विकास, स्मार्ट सिटी, भूमिहिन तथा सुकुम्वासी समस्या समाधान, हरेक तहमा महिला सहभागिता वृद्धि लगायत मेरो योजना छन् ।
स्वच्छ नगर बनाउँछु

सुकि चौधरी

म अहिले सत्य साईकेन्द्र र लायन्स क्लवमा आवद्ध हुनुहुन्छ । बिपन्न वर्ग,पछाडी पारिएका समूदायलाई सहयोग गर्नु मेरो रुचिको विषय हो । के कुरा गर्दा पनि पहलो स्वास्थ्य नै भएकाले स्वच्छ नगर बनाउनु मेरो प्रथमिकतामा पर्दछ ।
त्यसका साथै भ्रष्टाचार नियन्त्रण गर्नु,विराटनगरलाई हिलो,धुलोमैलो मुक्त वनाउनु, विराटनगरका सवै सडकहरुलाई कालोपत्रे गर्ने मेरो योजना छन् । यसैगरि कोशी अञ्चल अस्पताललाई प्रदेश स्तरकै अस्पताल वनाउने,विपन्न,सिमान्तकृत,पछाडी पारिएका समूदायको हितमा विशेष कार्यक्रम संचालन गर्ने छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: