खड्गबहादुरको प्रतिवद्धता– ‘श्रीमतीलाई सबै काममा सघाउँछु’


प्रकाशित मिति :2017-06-26 12:43:18

सर्मिला बुढाथोकी

दोलखा । ‘महिलाले घरको काम धेरै गर्नु पर्दा बाहिरी काममा समय दिन नसकेका रहेछन्, मेलुङ गाउँपालिकाका खड्गबहादुर श्रेष्ठले भने,– ‘त्यसैले अब म घरमा श्रीमतीलाई सबै काममा सघाउँछु ।’

महिला तथा बालवालिकाको कार्यालय दोलखाको आयोजनामा भएको ‘लैङ्गिक हिंसा निवारणमा पुरुष सहभागिता प्रबद्र्धनका लागि सशक्तिकरण सहकार्य तालिमका सहभागिलाई बिहान उठे पछि घरमा के–के काम गर्नुहुन्छ लेख्नुस् भनेर प्रशिक्षकले अनुरोध गरे । त्यसपछि सहभागी महिला पुरुष सवैहरुले आफ्नो दैनिकी क्रमशः कपीमा टिपे । उनीहरुको कामका लागि एक-एक वटा डोरी जिउमा बाँधियो । महिलाले शरीर पुरै बाध्न पुग्ने गरी डोरी पाए भने पुरुष सहभागिले थोरै मात्र डोरी पाए ।

यस्तो अभ्यासमा डोरी प्राप्त गर्ने महिला पुरुष दुबैका लागि केही सामान लिएर आउन अनुरोध गरियो । सामन लिएर आउने काममा पुरुष अगाडि भए । अगाडि हुनुको कारण महिला कमजोर भएर नभै पुरुष बढि फुकुवा भएर थियो । प्रदर्शनको माध्यमबाट महिलालाई घरेलु कामको बोझ कति हुन्छ भन्ने प्रष्ट भएपछि खड्कबहादुर घरमा श्रीमतीलाई सबै काममा सघाउने निष्कर्षमा पुगेका थिए ।

तालिममा सहभागि भएकी मेलुङ् गाउँपालिकाकी रञ्जना पौड्याल घरायासी काममा महिला पुरुषले बराबरी दायित्व लिनुपर्ने बताउँछिन् । उनी भन्छिन्– ‘घरको काममा पुरुषले वास्ता नगरेकै कारण महिलाहरुले घरको काम बढि गर्नु पर्दा अन्य अवसरबाट बञ्चित हुनु पर्ने अवस्था छ ।’ मेलुङ गाउँपालिकाको तीन पिप्ले र भीमसेन प्रावीमा बिशेष गरेर श्रीमान् श्रीमतीको लागि आयोजना गरिएको तालिममा महिला र पुरुष गरी ६० जनाको सहभागिता रहेको महिला विकास सहायक निरिक्षक आशा माझीले जानकारी दिइन् । तालिममा लैङ्गिक भुमिकाको पहिचान, दैनिक कार्यतालिकाको विश्लेषण, स्रोत, अवसर, लाभमा महिला र पुरुषको पहुँच नियन्त्रण, सम्पन्नताकालागि समानता, महिला माथि हुने हिंसाका प्रकार, हिंसाका कारण र न्युनिकरणका उपाय, प्रजनन् स्वास्थ्य समस्या, सरोकार र संबेदनसिलता, महिला सशक्तिकरणमा पुरुषको भुमिका लगायतका विषयमा जानकारी दिईएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: