महिला मतदाता बढि


रोल्पामा दुई मतदाता केन्द्र महिलालाई जिम्मा

प्रकाशित मिति :2017-06-26 14:22:11

महिला खबर
काठमाडौं । यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोल्पामा पुरुषको तुलनामा महिलाको मतदाता बढि रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार कुल एक लाख १७ हजार २६१ मतदाता मध्ये महिलाको संख्या ६० हजार ४७५ रहेको छन् । जुन पुरुष मतदाताको तुलनामा ३ हजार ६८९ ले बढि हो । पुरुष मतदाताको संख्या ५६ हजार ७८६ रहेका छन् । जिल्लामा पुरुषहरु रोजगारीका लागि विदेश जाने क्रम बढ्नाले महिलाहरुको संख्या बढि भएको हो ।
यस्तै रोल्पाका दुईवटा मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीलाई दिईएको छ । १५४ मतदान स्थल मध्ये सदरमुकाम लिवाङमा रहेको बालमन्दिरका दुई मतदान केन्द्र महिला कर्मचारीलाई दिइएको हो । महिलामैत्री मतदान केन्द्र बनाउन सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: